काठमाडौं । माया र युद्धमा सबै कुरा जायज हुन्छ भन्ने आम सोच रहेको छ । तर कहिलेकाँही धेरैले यसको गलत्त लाभ लिन खोजेको देखिन्छ । यस्तै एक घटना बाहिर आएको छ ।
दाङमा बिहे भैसकेकी एक महिला श्रीमान छोडेर आफ्नै नन्दसँग गएकी छिन् । अनेक झुटा बहाना बनाएर बिवाह गरेको बताउने ती महिलाले अन्तत: नन्दसँग लागेकी हुन् ।
यो विवाहबाट आफू एकदम खु:शी भएको उनले प्रतिकृया दिइन् । उनलाई पहिलेदेखि नै केटी नै मनपर्थ्यो, जुन सपना बल्ल पुरा भएको छ । परिवार र समाजका कारण उनीहरू भागेर विवाह गर्न बाध्य भएका छन् ।
जब उनले श्रीमानसँग मलाई तपाईं भन्दा नन्द मनपर्छ भनेपछि दुव्र्यवहार भोग्नु परेको थियो । उनीहरूलाई आफन्तले केटा खोजेर बिहे गर्न सुझाएका छन् । तर जवाफमा उनीहरू मलाई केटा मनपर्दैन् भनेर जवाफ फर्काउछन् । दुबैसँग हातमा सिप भएको भन्दै जीवन चलाउन सहज हुने उनीहरूको बुझाई छ ।





