वर्दिया: मर्निङ वाक मा निस्केका एक पुरुष जङ्गली हात्तीको आक्रमणमा पर्दा ज्यान गुमाएका छन्।

 

हात्तीको आक्रमणमा पर्ने बारबर्दिया नगरपालिका-७ रम्मापुरका ४८ वर्षीय सोलिराम थारुको रहेका छन्। उनी शनिबार बिहान ६ बजे मर्निङ वाकको गर्ने भन्दै घर बाट निस्केको थिए।

 

मर्निङ वाककै क्रममा भुरीगाउँ र रम्मापुर बीचको सडकखण्ड अन्तर्गत पर्ने रम्मापुर पाेष्ट देखि करिब आठ सय मिटरकाे दुरीमा पर्ने ५ नम्बरमा रहेकाे पक्की पुल नजिकै  जंगली हात्ती संग जम्काभेट हुँदा साेलिरामकाे ज्यान गएको हाे। उनकाे शव रम्मापुर ५ नम्बर नजिकै निकुञ्जको जङ्गल भित्र फेला पारेको हाे। उनको शव पाेष्टमार्टमकाे लागि गुलेरिया पठाइएको छ। फाेटाे:बिबस राना मगर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here