काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान स-न्दीप लामिछाने वि-रुद्ध ब-लात्कारको आ’रोप लगाउने किशोरी भन्दै सामाजिक सञ्जालमा असम्बन्धित तस्वीर भा-इरल बनाइएको छ । आफ्नो तस्बिर दुरुपयोग गरिएको भन्दै भा’इरल भएकी युवतीले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।
ब्यूरो स्रोतका अनुसार युवतीले केही दिनअघि निवेदन दिएकी छिन् । उनले सामाजिक सञ्जालमा प्रयोग भइरहेको तस्बिर तथा त्यसमा आएका गालीगलौजको स्क्रिनसटसहित निवेदन दिइएको बुझिएको छ ।
आफूले स-न्दीपवि-रुद्ध कुनै आरोप नलगाएको भन्दै बिनाकारण बदनाम गर्न खोजिएको ती युवतीले गुनासो गरेकी छन् । यसमा संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनको माग छ ।
गत मंगलबार एक १७ वर्षीया कि-शोरीले सन्दीपवि-रुद्ध ब- लात्कारको आ’रोप लगाउँदै महानगरीय प्रहरी वृत्त गौशालामा जा -हेरी दिएकी थिइन् । त्यसको दुई–तीन दिनपछि केही फेसबुक ग्रुपहरुले जाहेरीकर्ता किशोरी भन्दै एउटा तस्बिर सार्वजनिक गरेका हुन् । नेपालको कानून अनुसार यसै पनि यस्तो घटनामा जाहेरीकर्ताको पहिचान र तस्बिर सार्वजनिक गर्न मिल्दैन । त्यसमाथि यसरी सार्वजनिक गरिएको तस्बिर सम्बन्धित व्यक्तिमा नभएको एक प्रहरी अधिकृतले बताए ।
सार्वजनिक भएको तस्बिरको पृष्ठभूमि हेर्दा विदेशमा खिचिएको जस्तो देखिन्छ । जबकी जाहेरीकर्ता किशोरी विदेश कहिल्यै नगएको प्रहरी स्रोतको भनाइ छ । सुरुमा म्यासेन्जरमार्फत आदानप्रदान भएको यो तस्बिर लाखौं फलोअर्स भएका केही पेजहरुले हालेपछि भाइरल भएको हो । तस्बिरमा अनेकथरिका गालीगलौजको वर्षा भइरहेको छ । नेपाल प्रेस टड कम





