नुवाकोट कोट क्षेत्र नं. २ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट घन्टी चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् सुमन विक्रम पाण्डे ।

 

करिब ३३ वर्ष लामो समय पर्यटन क्षेत्रमा रहेर काम गर्दै आएका पाण्डे अनुभव र क्रियाशिलताका हिसाबले पनि एउटा खुल्ला विश्वविद्यालय नै भएको युवाहरूको बुझाई छ ।

 

लामो समय पर्यटन क्षेत्रमा रहेर काम गरेको अनुभव र ज्ञानमात्र नभएर नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनको साक्षी पाण्डे हाल दुई वाटा हवाइजहाज कम्पनीसहित १८ कम्पनीका मालिकसमेत हुन् ।

 

यस अर्थमा आर्थिक सक्षमता, ब्यावसायिक सफलता र व्यवास्थपिकय अब्बलता सबै हिसाबमा पाण्डे नुवाकोटका लागि अति आवश्यक व्यक्ति भएको युवाहरूको ठहर छ ।

 

ब्यावसायिक जीवनसँगै नुवाकोटका हरेक गतिविधिमा सेवा भावसहित उपस्थित रहेन र त्यहाँका स्थानीय नागरिकको शैक्षिक, आर्थिक होस वा सामाजिक स्तर उकास्नका लागि सदैव सक्रिय रहँदै आएका पाण्डे मसिंर ४ गतेको निर्वाचनमा युवाहरूको पहिलो रोजाइमा पर्न सक्ने उनीहरू बताउँछन् ।

 

पाण्डेका विषयमा युव अभियान्ता सरोज बानियँ भन्छन्, ‘सुमन पाण्डे एक हिसाबले एउटा खुल्ला किताब जस्तै खुल्ला विश्व विद्यालय हुनुहुन्छ। जस्तै सयौं युवालाई उत्प्रेरणा दिँदै आउनु भएको छ र विभिन्न तालिम दिएर, ज्ञान र सीप सिकाएर युवाहरूलाई आत्मनिर्भर हुन उत्साह प्रदान गर्दै आउनु भएको छ’, वानियाँ थप्छन्, ‘नुवाकोटको राजनीतिमा यदि सुमान पाण्डेको आगमन हुने हो भने म जस्तै हजारौं युवाका लागि एउटा अवसर हुने छ । शैक्षिक, आर्थिक र सामाजिक सबै पक्षबाट नुवाकोटको समृद्धिमा उहाँको विशेष भूमिका रहने छ।’

 

यस्तै अर्का युवा ई. किसन अधिकारी नुवाकोटको समग्र विकासका लागि सुमन पाण्डेको आवश्यकता रहेको बताउँछन् । उनी भन्छन्, ‘हार जितको विषय एकातिर होला तर, उहाँ प्रतिस्पर्धामा आउनु नै ठूलो कुरा हो र नुवाकोटको राजनीतिमा उहाँको उपस्थिति नै विशेष हुने छ’ , उनी थप्छन्, ‘उहाँ एक क्षमता भएको मान्छे हो, र उहाँ जस्तो मान्छे आएर केहि गर्नुहुन्छ भन्ने सबैलाई आशा पनि छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here