कात्तिक ८ गते धादिङको गजुरीमा मोटरसाइकल दु”र्घटना गराएका भारतीय युट्युबर जट्ट प्रभाज्वत सिंहको गोडाको अ’परेशन गरिएको छ । पैदलयात्रीको मृ-त्यु हुनेगरी मोटरसाइकल दु,र्घटना गराएका सिंह आफैसमेत घा”इते बनेका थिए ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गर्दा युट्युबर सिंहले चलाएको भारतीय नम्बर प्लेटको एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकल धादिङको गजुरी बजारमा दु’र्घटनामा परेको थियो । गजुरी बजारमा पैदल यात्रा गरिरहेका गजुरी गाउँपालिका–१, नयाँबारीका ७९ वर्षीय सुर बहादुर धिताललाई ठक्कर दिँदा उनको मृ’त्यु भएको थियो । त्यसपछि अनियन्त्रित बनेको उनको मोटरसाइकल सडक किनाराको नालीमा पछारिएको थियो ।
पैदलयात्री वृद्धको मृ’त्यु भएसँगै प्रहरीलाई सिंहलाई निगरानीमा राखेर काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेको छ । ग्राण्डी अस्पतालले उनको एउटा अपरेशन गरिसकेको छ । उनको गोडामा ग’म्भीर समस्या देखिएको प्रहरीले जनाएको छ ।पहिले उपचार गर्नु दायित्व भएको भन्दै उपचारपछि उनलाई नियन्त्रणमा लिई सवारी ज्यानको मु’द्दा चलाउने तयारी भइरहेको धादिङ प्रहरीले जनाएको छ । नेपालको कानुनले तोकेको र मापदण्डभन्दा विपरीत अत्याधिक गतिमा मोटरसाइकल चलाउँदा उक्त दु’र्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले ला’परवाहीपूर्वक सवारीसाधन चलाएको कसुरमा उनीमाथि मु’द्दा चलाउने तयारी गरेको छ ।
भारतीय सवारीसाधन र भारतीय नागरिक भएपनि जट्टमाथि नेपालको कानुन अनुसार नै मु’द्दा चल्ने छ । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम १८ को उपनियम ५ मा मोटरसाइकलको गति अधिकतम ५० किलोमिटर प्रतिघण्टा र बस्तीमा बढीमा ४० किलोमिटर प्रतिघण्टामा सीमित रहनुपर्ने उल्लेख गरेको छ । तर एक हजार सिसीको जट्ट सवार मोटरसाइकलको गति करिब ९० किलोमिटर प्रतिघण्टाको हाराहारीमा रहेको दावी गरिएको छ । उनले ला’परवाहीपूर्वक सवारीसाधन चलाएर पैदलयात्रीको ज्यान लिएको कारण उनीमाथि लाप’रवाहीपूर्वक सवारी चलाएको कसुरमा मु’द्दा चलाउने तयारी भएको छ ।
जट्ट ३ देखि १० वर्षसम्म जे’ल पर्न सक्ने
नेपालको कानुन अनुसार जट्टले ला’परवाहीपूर्वक सवारीसाधन चलाएको पुष्टी भएमा उनी ३ देखि १० वर्षसम्म जेल जानसक्ने देखिएको छ । यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ अनुसार उनी ३ वर्षदेखि १० वर्षसम्म जेल जानसक्ने देखिएको छ ।
ऐनको दफा १६१ को उपदफा २ मा ला’परवाहीपूर्वक सवारीसाधन चलाएर कसैको ज्यान गएमा १० वर्षसम्म कै’द सजाय हुनसक्ने उल्लेख छ । उपदफा २ मा भनिएको छ, ‘कसैको ज्यान म’र्न सक्छ भन्ने अवस्था देखिँदादेखिँदै पनि अपनाउनुपर्ने सतर्कता नअपनाई कसैले ला’परबाही गरी कुनै मानिसलाई कि’ची, ठ’क्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे–बसेको मान्छे त्यस्तो दु’र्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणामस्वरूप २१ दिनभित्र म’रेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई क’सुरको मात्राअनुसार तीन वर्षदेखि १० वर्षसम्म कै’द र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म ज’रिवाना हुनेछ ।’
मृतकका परिवारले बीमावापतको रकम पाउने
इलाका प्र’हरी कार्यालय गजुरीका अनुसार मृ’तकका परिवारले नेपाल सरकारको नियम अनुसार पाउनुपर्ने किरिया खर्च र बीमावापतको रकम मोटरसाइकल चालकबाटै भराइने छ । नेपाल सरकारको नियम अनुसार बीमावापत मृ’तकको परिवारलाई पाँच लाख र किरिया खर्चवापत २५ हजार उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
मोटरसाइकलका विभिन्न स्टण्ढट देखाउने जट्टले भर्खरैमात्रै कावासाकीको निन्जा एच टु मोडलको मोटरसाइकल खरिद गरेका थिए । भारतमा उक्त मोटरसाइकलको मूल्य करिब ४५ लाख भारतीय रुपैयाँभन्दा बढी रहेको छ । मोटो भ्लगर सिंहले नेपाल आउनुअघि तयार पारेका एक भिडियोमा उनले कावासाकी निन्जा एच टु बाट पहिलोपटक अन्तर्राष्ट्रिय भ्रमणका लागि नेपाल जान लागेको बताएका थिए । उनको सोही मोटरसाइकल दु’र्घटनामा परेको थियो ।





