कोठामा पुगिसकेपछि म कुराकानी गर्नका लागि कुर्सीमा बसे भने म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिइन् । मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, it’s ok भन्दै जवाफ फर्काइन् ।
मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्सीमा बसिरहें भने निज बेडमा बसिन् र कुराकानीकै बीचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्सीमा आई बसें । त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोही क्रममा मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा मैले मेरो girl friend रहेको र छिट्टै मेरो १/२ वर्षमा विवाह गर्ने योजना बनाएको कुरासमेत गरेको थिएँ । त्यसपछि मैले तिम्रोबारेमा भन न त भन्दा मेरो घर नुवाकोट हो तर म वीरगञ्जमा जन्मेकी हुँ । अहिले म काठमाडौंमा होस्टेलमा बसेर अध्ययन गर्दै आएको छु । मेरो बुवा र आमाको सम्बन्धमा बि,च्छेद (divorce) भएको छ । मेरो बावु आमाको सम्बन्ध बिच्छेदका कारण मैले राम्रोसँग पठनपाठन गर्न पाएको छैन । मैले कहिले काठमाडौं त कहिले पोखरा गर्दै बीचबीचमा विद्यालय परिवर्तन गर्दै अहिले पुन; काठमाण्डौमा १२ कक्षामा अध्ययन गरेको कुरा मलाई बताइन् । निजले आफ्नो बावु आमाका कारण धेरै दुःख पाएकी र घरको आर्थिक स्थितिसमेत राम्रो नरहेको कुरा बताइन् ।
कुराकानीको क्रममा निज उदास देखिएकोले मैले don’t worry सब ठीक हुन्छ, दुःखी नहोउ भन्ने कुरा गरें । निजको आर्थिक अवस्था ठीक नरहेकोले निजले मलाई sponsership का लागि समेत कुरा गरेको र sponsership ले आर्थिक रुपमा सहयोग हुन्छ भनेकोले मैले ठीकै छ, म पनि हेरौंला के गर्न सकिन्छ भनेको थिएँ । निजले कुरा गर्दागर्दै निज फेरि उदास भएको देखेपछि मैले केही गीत सुनाएँ र त्यसपछि निजको अनुहारमा खुशी देखी मलाई पनि खुशी लाग्यो । कुराकानी गर्दागर्दै करिब ०३ः४५/०४ः०० बज्यो । कुराकानीकै क्रममा निज आफैंले म अहिले १९ वर्षको भएँ र मैले पहिले जन्मदर्ता बनाएको थिएँ, मलाई भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमा बुवाको सहयोगमा उमेर घटाई अर्को जन्मदर्ता बनाएको छु भन्ने कुरासमेत गरेकी थिइन् ।
यो कुरा सुन्दा निजमाथि शंका लागी तत्कालै होटल जाने सोच बनाएँ । त्यसपछि मैले निजलाई म अहिले होटल जान्छु, म तिमीलाई भोलि बिहान होस्टेलसम्म पुर्याइदिन आउँछु भन्दा निजले तपाईं अहिले जाँदा आउँदा १ घण्टा जति लाग्छ, त्यति बेलासम्म त म पनि जाने बेला हुन्छ, त्यो भन्दा बरु तपाईं यही बस्नुस्, हामी यही कुराकानी गरौँला भनी आग्रह गरिन् । त्यसपछि मलाई निजले भनेको कुरा पनि ठीक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्यो भन्दा बरु अर्को कोठा लिन्छु, म त्यही सुत्छु र बिहानै तिमीलाई बिहानै होस्टेल पुर्याइदिन्छु भन्दा समेत निजले मलाई अर्को कोठा लिन दिइनन् र निजले मलाई कोठामा मलाई एक्लै बस्न डर लाग्छ, तपाईं बरु यही बस्नुस् , हामी यही बसी अझै केही गफ गरौँला भनी कर गर्न थालिन् । म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्नसमेत आग्रह गरेकोमा हैन म यही ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्चीमा बसे र निज बेडमै थिइन् ।
मैले मेरो मोबाइलमा बिहानको ०६ः०० बजे alarm लगाई कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ । बिहान ०६ः०० बजे alarm बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ । म फेरि बाथरुममा फ्रेस भई आई निजलाई तिमी breakfast मा केही लिन्छौ भनी सोधेकोमा निजले मलाई तपाईंलाई जान ढिलो हुन्छ, बरु म होस्टेलमा गएर खान्छु भन्ने कुरा गरेपछि करिब ०६ः४५ बजेतिर हामी होटलबाट निस्केका थियौं । कोठाबाट सँगै निस्किने क्रममा म भर्याङबाट छिट्टै तल गई पार्किङमा राखेको गाडी लिन गए भने निज पनि खुशी हुँदै होटलबाट बाहिर निस्की गाडीमा आई बसिन् र हामी दुबैजना निजको होस्टेलतिर गई मैले निजलाई होस्टेल नजिक छाडिदिएको थिएँ । त्यसपछि म पनि आफ्नो होटलतिर लागे र सोही साँझ मलगायत मेरो क्रिकेट टीम भई केन्यातर्फ लागेका थियौं ।
केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो । मैले निजलाई म अब आफ्नो काममा busy हुन्छु, game मा focus गर्नुपर्छ भनेको थिएँ। त्यसपछि निजसँग मेरो कुराकानी भएको थिएन । मिति २०७९/०५/२२ गते मैले सोसियल मिडियामार्फत एक्कासि निज पी”डित भनिएकी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को दाइ परिवर्तित नाम गौशाला २६ (छ) (०७९/०८०) ले मउपर ज”बरजस्ती कर’णी मु”द्दामा जा”हेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ । निजले आफ्नो १९ वर्ष पुगिसकेको र आफ्नो birth certificate समेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सत”र्कता अपनाउनुको साथै निज उदास भएको देखी मैले गीतको माध्यमबाट सहज महसुस गराउने प्रयाससमेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानीमात्र गरी बसेका हौं





