बर्दिया: सुतेकै अवस्थामा फ्रान्सेली नागरिक काेठा भित्र मृत फेला परेका हुन्।
मृतक गुथेर राेउक्स बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्नका लागि आएका थिए।

निकुञ्ज घुम्ने क्रममा त्यस क्षेत्रका विभिन्न रमणीय कुराहरुले उनको मन लाेभिए छ क्यारे त्यसपछि उनले ठाकुरबाबा नगरपालिका -९ मा बिगत ८ बर्ष देखी जग्गा जमिन खरिद गरि अन्जलि डलफिन रिसोर्ट प्राइभेट लिमिटेड कम्पनी संचालन गर्दै आएका थिए। उनले आफ्नो रिसोर्ट र यस ठाउँलाई निक्कै माया गर्ने कुरा स्थानीयहरु बताउँछन्।
गत शनिबार आफ्नै रिसोर्टमा भएको असामयिक निधनले वरपरका छरछिमेक शाेकमा डुबेका छन्। जानकार स्थानीय काे भनाइ अनुसार उनी लामाे समयदेखि उच्च रक्तचाप र डिप्रेसनका बिमारी थिए। उनका एक छाेरीले डेढ महिनापछि बर्दिया आउने समेत बताएकी स्थानीय बासिन्दाहरुकाे भनाइ छ।





