डडेलधुरा: प्रधानमन्त्री शेरबहादुर देउवाकाे चुनावी क्षेत्रमा चुनाव लड्न पुगेका गुल्मका सागर ढकाललाई चुनाव प्रचारप्रसार नगर्न चेतावनी दिएका छन्।
मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनाव का लागि सुई चिन्ह पाएका ढकाल विगत २ महिना देखि डडेलधुरामा नै चुनावी प्रचारप्रसारमा व्यस्त छन्। तर आज मात्र उनले आफ्नो फेसबुक स्टाटसमा लेख्दै प्रचारप्रसार गर्न नदिएको जनाएका छन्। उनले लेखेका स्टाटस जस्ताको तस्तै हेर्नुस् ।
मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।






