नेकपा माओवादी केन्द्रका अध्यक्ष आफ्नो बाँकी जीवन अब देशको आर्थिक विकासमा समर्पित गर्ने बताएका छन् ।

आज गोरखामा बोल्दै प्रचण्डले राजनीतिक क्रान्तिको चरण लगभग पूरा भएकाले अबको सम्पूर्ण जीवन देशको आर्थिक विकासका लागि खर्च गर्ने बताए ।

 

भच्चेकमा आज भएको कोणसभामा बोल्दै प्रचण्डले आफूले पाँच वर्ष भित्र गोरखाका सबै बाटो पिच गरीसक्ने प्रतिवद्धता जनाएका छन् ।

उनले आफूलाई विजयी गराएर पठाएमा सिंगो गोरखा जिल्लाको विकास निर्माणमा लाग्ने बताएका थिए।

 

‘गोरखाबाट आर्थिक विकासको नमूना प्रस्तुत गर्नेछु,’ उनले भने। उनले संविधान नमान्ने प्रतिगमनलाई परास्त गर्न पनि आग्रह गरेका थिए ।

उनले राजनीतिक परिवर्तनसँगै विकास निर्माण हुन सकेन भने व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको बताएका थिए।

 

‘संविधान रक्षाको साथै आर्थिक समृद्धिका लागि अहिले गठबन्धन गरिएको हो। मेरो बाँकी जीवन आर्थिक क्रान्तिका लागि हो,’ उनले भने।

कोण सभामा बोल्दै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गोरखा २ प्रदेश सभा क्षेत्र ९ख० का उम्मेदवार सुरेन्द्र पाण्डेले प्रचण्ड भविष्यमा प्रधानमन्त्री बन्न सक्ने भएकोले विकास निर्माणका योजना ल्याउन र कार्यान्वयन गर्न सजिलो हुने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here