दार्चुला – दार्चुलामा चुनावी प्रचारप्रसारका क्रममा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच भएको झ’डपमा चार जना घा’इते भएका छन् ।
दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका–५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा हिजो झ’डप भएको हो ।
गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर–२ का उम्मेदवार रामदत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अ’वरोध गरेपछि झ’डप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
झ’डपमा परि गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका–६ का जहेन्द्र धामी, जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका–३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ का सुरेश बादी घा’इते भएका प्रहरीले जनाएको छ । घा’इतेहरुको लटिनाथ अ’स्पतालमा उ’पचार भइरहेको छ ।





