काठमाडौं । सप्तरी–२ बाट भारी मतका साथ विजयी बनेका जनमत पार्टीका अध्यक्ष सिके राउतको आज विजय र्याली गरिएको छ ।
उक्त र्यालीमा ठूलो संख्यामा समर्थकहरू सहभागी भए । मत परिणाम घोषणापश्चात् राउतसहित प्रदेशसभाका विजयी उम्मेदवार जिल्ला निर्वाचन आयुक्तको कार्यालयमा प्रमाणपत्र लिन पुगेका थिए । प्रमाणपत्र लिएर निस्केपछि उनीहरू विजय र्यालीमा सहभागी भएका हुन् । त्यस क्रममा उनीहरू भारतीय नम्बर प्लेटको गाडीमा सवार भएका थिए ।





