चितवन । चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारी मतान्तरका साथ अग्रता कायमै राखेका छन् । ४८ हजार ३२८ मतगणना गर्दा लामिछानेले आफ्नो प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्णभक्त पोखरेललाई १३ हजार ७५४ मतान्तरले पछि पार्दै अग्रता कायम गरेका हुन् ।
लामिछानेले २४ हजार २८० मत प्राप्त गर्दा एमालेका पोखरेलले १० हजार ५२६ मत प्राप्त गरेका छन् । यता तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १० हजार ५१३ मत प्राप्त गरेका हुन् ।





