सर्जन कुमार शाही, मुगु

नेपाली सेनाको सैन्य पदमा जागीर लगाई दिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

 

नेपाली सेनाको रिक्त सैन्य पदमा आह्वान गरिएको विज्ञापनमा उम्मेद्बारी दिई भर्ना छनोटमा दुई जना उम्मेदवारहरुलाई झुक्याउंदै लोभ लालच, डर , त्रास र धम्की समेत दिई ठगी गर्ने मनसायले सैन्य पदका उम्मेदवारसँग आर्थिक लाभ लिएको सूचनाका आधारमा जि.प्र.का. मुगु बाट प्र.नि. सुदर्शन पन्थीको कमान्डमा खटिएको प्रहरी टाेलीले साेमबार पक्राउ गरेको हाे। सैन्य पदकाे उक्त बिज्ञापन गत बैशाखमा प्रकाशि गरिएको थियो त्यस बिज्ञापनकाे आधारमा ती ठगहरुले पीडितलाई भ्रममा पारेर ठगी गरेको हाे।

 

उक्त ठगी धन्दामा पक्राउ पर्नेमा मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वार्ड नम्बर १० झाकोट बस्ने ४० वर्सिय बिकास उर्फ सुर बहादुर बुढा र जुम्ला जिल्ला तातोपानी गाउँपालिका वार्ड नम्बर २ जर्मीमा बस्ने बर्ष ३९ का तेजेन्द्र बहादुर रावललाई पक्राउ गरि अनुसन्धान भैरहेको जि . प्र .का. मुगुले प्रेस मिट मार्फत जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here