१२ मंसिर, ललितपुर । नेपाल इसाई संघ, बागमती प्रदेशको प्रतिनिधि टोलीले ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उदय शमसेर राणालाई आज उहाँको निवासमा भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

संघका वागमती प्रदेश अध्यक्ष कवि थापाको नेतृत्वमा गएको टोलीले निर्वाचित प्रतिनिधिसभा सदस्य राणालाई पुष्पगुच्छा र खादा लगाई बधाई ज्ञापन गरिएको हो ।

 

संघका वागमती प्रदेश अध्यक्ष थापाका अनुसार भेटमा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित राणालाई कार्यसफलताको लागि इसाई संघका सम्पूर्ण पदाधिकारी र सिंगो ख्रीष्टियन समुदायकोतर्फबाट संसदमा महत्त्वपूर्ण भूमिका निर्वाहका लागि बधाई तथा शुभकामना दिएको बताउनुभयो ।
उहाँले ख्रीष्टियनहरुको महान पर्व ख्रीष्टमसको अग्रिम शुभकामना दिनुका साथै ख्रीष्टियन समुदायको अत्यावश्यक मुद्धाका विषयमा कुराकानी भएको जानकारी दिए ।

 

नवनिर्वाचित सांसद राणाले इसाई समुदायको मागप्रति आफू सधैँ सकरात्मक रहेकोले आउँदो दिनमा इसाई संघसँग सहकार्य तथा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको संघका बागमती प्रदेश महासचिव बेन्जामिन प्रधानले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here