घाइते नेहाको अहिले उपचार भइरहेको छ । स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एक सशस्त्र प्रहरीमाथि आ’शंका गरेका छन् । ती सशस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए । केही दिनअघि कुलाउमा सशस्त्र प्रहरीका जवानले मायाको मोबाइल खो’सेका थिए । घरमा सोधीखोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेको बताएकी थिइन् ।
ती सशस्त्र प्रहरीका जवान अहिले फ’रार हुँदा उनीप्रति शंका बढेको पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष जनकबहादुर चन्दले बताएका छन् । ‘सशस्त्र प्रहरीका जवानले केही दिन अगाडि मोबाइल खोसेको र अहिले उनी फरार रहेकाले आ’शंका बढेर गएको छ’, वडाध्यक्ष चन्दले भनेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जोशीले घटनास्थलको काम सकेर श’व पो’ष्टमार्टमका लागि पाटन अस्पताल पठाएको बताएका छन् ।





