तपाई मासु खादै हुनुहुन्छ ? खानुहुन्छ भने तपाईले होस पु-याएर मात्र खानुपर्ने अवस्था बजारमा देखापरेको छ ।
स्थानिय बासिन्दाहरुको सूचना र दवाबमा कहिल्य बेवारिसे भन्दै साइकिलमा, मोटर साइकिलमा त कहिल्य गाढीमा समेत गाई र गोरुको मासु सप्लाई हुनेगरेको बांके प्रहरीले बारम्बार अभिुक्तहरुलाई पक्राउ गरी अनुसन्धान गरेको सूचना सार्वजनिक गदै आईरहेको छ ।

बांके प्रहरीको उक्त कदम पच्छयाउदै जांदा बांकेका बिभिन्न ठाउंमा गाई तथागोरुहरु काटेर केही स्थानिय स्तरमा खपत गर्ने गरेको र अधिकांस गाईगोरुको मासु नेपालगञ्ज र कोहलपुरका बिभिन्न मिट सप्लायर्सहरुले काठमाण्डौंका बिभिन्न मिट सप्लायर्समा पु-याउने गरिएको पाइएको छ ।

भारतसंग सिमा जोडिएको बांके जिल्लामा भारतबाट नेपाल तर्फ निर्बाधरुपमा छिर्ने गरेका छन गाईगोरुहरु । भारतको उत्तरप्रदेश सरकारले पशुपंक्षी प्रति हेर्ने र गर्ने ब्यवहारमा कडा कानुन बनाएर त्यसलाई कार्यन्यनमा ल्याएपछी भारतमा गाईगोरुको मासु त के कुटपिट गरेकोमा समेत कानुन आकर्षित हुने गर्दछ ।

 

कहांबाट आउछन गाई-गोरुहरु ?

सामान्य त या लोकल किसिमको गाईले ५ बेत सम्म राम्रो दुध दिने गरेको पाइएको छ ।  त्यसपछी भारतिय कृर्षकले गाईहरु छोररा छोडदिने गरेका छन । गाई सगै जोत्न प्रयोग हुने गोरु कृर्षि प्रबिधिमा भारतिय कृर्षकहरुको पहुंच बढदै गएपछी ति गोरु पनि गाई सगै आजाद घुम्दै नेपाल तर्फ छिर्ने गर्दछन ।

सडक यातायातबाट पश्चिम नेपालको गेट – वे बनेको बांकेमा पहिल्य प्रहरी संगठनका बिभिन्न सम्वन्धीत युनिटहरुसंगको मिलेमतोमा जिउदो गाइगोरु गाढीमा कोचाकोच गरेर काकडभित्ता कटाउने गरिएकोमा नेपालमा सुर्खेत घटनापछी गाईगोरुका ठेकेदारहरु तर्सिएर पहिल्य भन्दा कम तस्करी गर्ने गरेको अवस्था छ ।

बांके तथा बर्दियाबाट गाढीमा गाईगोरु तस्करीमा कमि भएपछी बांकेको नेपालगञ्ज र कोहलपुरमा आधार बनाएरु करिब १ दर्जन मिट सप्लार्य खोलिएका छन ।
ति मिट सप्लयार्स मध्य अधिकांसको धन्दा नै ग्रामिण इलाकाबाट बिभिन्न ब्यक्तिहरुले गाई र गोरुको काटेको बोनलेस मासु ल्याउने फ्रिजमा फ्रोजन गर्ने र पशु क्वारेन्टाइ र पशु चिकित्सकको कथित प्रमाणको आधारमा काठमाण्डों सम्म सप्लार्य हुने गरेको मासु ब्यबसायि संघ बांकेका अध्यक्ष दिपेन्द्र श्रेष्ठका अनुसार बांकेमा खाद्य योग्य स्वस्थ मासु सप्लार्यसका लागी खोलिएका मिट मार्टहरुले मासु कहांबाट के को ल्याउछन !  त्यसको ग्यारेन्टी नगरे सम्म अखाध्य मासु सप्लाई नियन्त्रण नहुने बताउनु भएको छ ।

बांकेको नेपालगञ्जबाट बिभिन्न ६ वटा मिट मार्टबाट दैनिक करिब ५० टनको हाराहारीमा मासु काठमाण्डौं तर्फ सप्लाई हुनेगरेको छ । उक्त मासु सप्लाईका लागी मिट सप्लायर्स अर्थात मिट मार्टहरुले पशु चिकित्सक वा पशु क्वारेन्टाईनबाट मासुको स्रोत खुलेको बिलभर्पाइ, मासुको पहिचान र स्वस्थ मासु रहेको प्रमाणित गरी त्यसको चेकजांच प्रमाणपत्र दिनुपर्दछ । उक्त प्रमाणपत्रको आधारमा मिट मार्टहरुले पहिचान खुलेको स्वस्थ मासुको ब्यवसाय गर्नपाउने ब्यवस्था रहेको छ ।

बांकेको नेपालगञ्ज र कोहलपुरमा रहेका केही मिट मार्टहरुले त कति सम्म गरेको पाइएको छ भने मासु चेकजांचको प्रमाण पत्र पशुचिकित्सक वा पशु क्वारेन्टाइनबाट सम्वनधीत चिकित्सकले अस्ताक्षर र छाप लगाएको खाली प्रमाणपत्र ल्याएर मासुको स्वस्थ्य परिक्षण त के सामान्य निरिक्षण समेत नगरिकन आफनो खाली प्रमाणपत्रमा हस्ताक्षर गरेर दिने गरेको पाइएको छ ।

 

मासुको पहिचान कसरी गर्ने ?

बांकेका बिभिन्न मिट मार्टबाट फ्रिजमा फ्रोजन गरेर काठमाण्डौं तर्फ सप्लाई हुने र त्यहां मासुका बिभिन्न परिकारहरु जस्तो ससेसहरु लगायतका मासुका बाण्ड बनेर ति मासु फेरी सर्वसाधरण जनता बीच पुग्ने गरेको छ ।

नेपाल प्रहरीले मासु चेकजांच गर्नु अघि उक्त मासु कहांबाट खरिद गरिएको हो ? के चिजको मासु हो ? भन्ने एकिन गर्न साथमा पशु पक्षी खरिद गरिएको सक्कली बिल र त्यसमा सम्वन्धीतको सम्पर्क नम्बर भएमा चेकजांचमा सरलता हुनसक्दछ ।

बांके जिल्लाबाट कुखुरा, खसी र रांगाको मासु भनेर काटिएको बोन लेस मासु काठमाण्डौ तर्फ लैजाने गरिएको छ । मासु लैजानका लागी पशु चिकित्सकले चेक जांच नै नगरि खाली प्रमाणपत्रमा हस्ताक्षर गरेर  दिने गरिएको सर्टिफिकेटको आधारमा मासु ब्यवसायीले केही समय पहिल्य कुकुरको मासु  समेत लिएको चर्चामा आएको धेरै भएको छैन ।

 

बांंकेमा रांगा पालन पनि छैन र काठमाण्डों सप्लाई गरिएका सबै खसीको उत्पादन बांकेमा भएको पनि छैन । पछील्लो केही समय यता भारतमा पशु क्यवारेन्टाइन चेक गरिएको प्रमाण पत्र भएका खसी बोका मात्र नेपालमा भन्सार हुदै आयत गर्न पाउने कानुनी ब्यवस्था छ । तर बांकेमा भन्सार छलेर तस्करी मार्फत खसीबोका आयात सगसगै रांगा भैसी नेपाल छिराएर काटने र त्यसका नाममा छरपरस्ट पाईने गाईगोरु काटेर बांकेबाट काठमाण्डौं लगेर पैसा कमाउने धन्दाले मानिसहरुको जिवनसंग खेलवाड गर्ने काम भईरहेको पाइएको छ ।

त्यस कर्ममा जिम्मेवार निकायहरु पशु क्यारेन्टाइन, निजि क्षेत्रका पशु चिकित्सकहरु, पशु बधशाला भन्दा बाहिर बध गर्न नपाईने जस्ता कानुनको परिपालना गराउने नेपालगञ्ज उप-महानगर स्थानिय प्रशासन, प्रहरी सबैलाई हेक्का हुनुपर्दछ । हाम्रो संरचना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here