पछिल्लो आम निर्वाचनबाट राष्ट्रिय राजनीतिमा ‘स्थान बनाएका’ नयाँ दलहरू सरकारमा सामेल होलान् कि नहोलान् भन्ने धेरैले चासो व्यक्त गरिरहेका छन्।
त्यस्ता दलका नेताहरूले औपचारिक रूपमा भने त्यसबारे “अन्तिम मत परिणाम आएपछि” निर्णय गरिने बताउँदै आएका छन्। यद्यपि उनीहरूले सार्वजनिक गरेका अभिव्यक्ति तथा कतिपयसँगको कुराकानीमा नयाँ दलहरूको पहिलो रोजाइ प्रतिपक्षमा बस्ने रहेको देखिन्छ।
कतिपय दलका नेताले बीबीसीसँगको कुराकानीमा त्यसको मुख्य कारण भनेकै आफूहरूले पाएको जनमत भएको बताए।केही महिनाअघि मात्र स्थापना भएको र पहिलो पटक चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नै ७ सिट जितेको छ।
उसले समानुपातिकमा साढे ११ लाखभन्दा बढी मत सहित उक्त दल चौथो ठूलो पार्टी बनेको छ। त्यसका आधारमा संसद्मा उसको प्रभावपूर्ण उपस्थिति हुने देखिन्छ। प्रदेशसभातर्फ भने उक्त दलले उम्मेदवारी नै दिएको थिएन।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले सरकारमा सामेल हुनेबारे अन्तिम मत परिणाम आएपछि पार्टीको बैठकले निर्णय गर्ने बताइरहेका छन्। उक्त दलका अध्यक्ष रवि लामिछानेले आफू विजयी भएपछि चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पनि सोही कुरा बताएका थिए।
उनले मङ्गलवार पनि सामाजिक सञ्जालमा लेख्दै “आफूहरूले केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई नजिकबाट नियाली रहेको” जनाएका थिए।
उनले फेसबुकमा लेखेका छन्, “निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौँ। हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौँ।“ तर विभिन्न अन्तर्वार्ताहरूमा उक्त दलका नेताहरूले आफूहरूलाई जनताले सशक्त प्रतिपक्षका लागि मतदान गरेको भन्दै पहिलो रोजाइ प्रतिपक्ष नै हुने सङ्केत गरेका छन्।
त्यस्तै, देश विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा आएको जनमत पार्टीले प्रत्यक्षतर्फ एउटा मात्र सिट जिते पनि समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउँदै राष्ट्रिय पार्टी बन्ने भएको छ। उसले हालसम्म गणना भएको मतमध्ये समानुपातिकमा ३ लाख ७६ हजारभन्दा बढी मत ल्याइसकेको





