काठमाडौँ — जीउमा पेट्रोल छ’र्केर आ’फैंलाई आ’गो लगाएकी एक युवतीको मृ’त्यु भएको छ । विवाहका लागि भएको इंगेजमेन्ट तो’डिएपछि आइतबार साँझ धुम्बाराही पीपलबोटस्थित केटाको घरनजिकै आफूलाई आगो लगाएकी बुद्धनगर बस्ने नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

 

घटनालगत्तै उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएकामा त्यहाँबाट थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । उपचारका क्रममा सोमबार उनको मृ’त्यु भएको हो ।

 

धुम्बाराहीका सुदन संग्रौलासँग उनको विवाहका लागि गत भदौ १८ मा टीकाटालो भएको थियो । पुष्पाको जन्मदिनकै दिन इंगेजमेन्ट भए पनि विवाहको मिति तय भइसकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here