सर्जन कुमार शाही – मुगु
मुगुमा दमकाे राेगी बढे संगै जिल्ला अस्पतालमा अक्सिजन काे अभाव हुन थालेका छन्। अहिले जिल्लामा अन्य रोगका बिरामी भन्दा पनि दम रोगिहरु बढी हुने गरेका छन् ।
मुगु जिल्लाको चार वटा स्थानीय तह खत्याड, सोरु , कारमारोङ र छाँंयानाथ रारा नगरपालिकाका दमका बिरामिहरु सबै जिल्ला अस्पताल ठिनी बाट नै सेवा लिने गरेका छन् ।
मुगुमा दमका बिरामीहरु बढी भएता पनि अक्सिजन अभावका कारण बिरामीहरुलाई सेवा दिन जिल्ला अस्पतालले सकिरहेको छैन । हिउँदको समयमा जाडाे बढे सँगै दमका बिरामीहरु पनि अस्पतालमा बढी आउने गरेका छन् ।
मुगु जिल्लामा दमका बिरामीहरु बढी हुनुको प्रमुख कारण धूम्रपान सेवन र घर भित्र खुला आगो बाल्नाले दमको समस्या मुगुमा बढ्दै गएको हुन सक्ने जिल्ला अस्पतालका सूचना अधिकारी पशुराम नेपाली बताउँछन्।





