काठमाडौंमा दाईजोमा घर नदिएको भन्दै महिला हिंसा गर्ने पङ्कज चौधरी ग्रान्डी र नर्भिकबाट आउट

काठमाडौँ । दाइजोको माग गर्दै घरेलु हिं’सामा परेकी महोत्तरीकी नेहा चौधरीले श्रीमान् पङ्कज चौधरीवि’रुद्ध दुईओटा मु’द्दा दायर गरेकी छन्।
मनग्य दाइजो र सुन दिएपनि अझै धेरै दाइजोको माग गर्दै आफूलाई पटक पटक शारीरिक तथा मानसिक या’तना दिएको भन्दै उनले डाक्टर समेत रहेका श्रीमान् पंकजवि’रुद्ध जिल्ला अदालत महोत्तरीमा मु’द्दा दायर गरेकी हुन्। उनले दायर गरेका दुई मु’द्दामा घरेलु हिं’सा र दाइ’जोको माग रहेका छन्।
केही समयअघि प्रहरी कार्यालयमा उ’जुरी दिएपनि अब मिलेर बस्ने भन्दै छुटेका पङ्कजले अझै धेरै हिं\सात्मक गतिविधि गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत न्यायको आह्वान गरेकी थिइन्।
महोत्तरीको औरही १ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर ५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो। विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यात’ना दिन सुरु गरेको नेहाको गुनासो छ।
ग्रान्डी अस्पतालमा जनरल फिजिसियनका रुपामा कार्यरत डा। पङ्कजको यो घटना बाहिरिएसँगै उनलाई अस्पतालले पनि ब’र्खास्त गरेको छ। यसका साथै उनी कार्यरत नर्भिक अस्पतालले पनि उनलाई ब’र्खास्त गरेको छ।
पङ्कज र आफूबीच तीन वर्षको प्रेम सम्बन्ध रहेको र त्यसैलाई विवाहमा परिणत गरेको बताउने नेहाले विवाहपछि दाइजोको विषयलाई लिएर आफूमाथि हिं’सा हुन थालेको बताइन्।
नेहाको परिवारका अनुसार विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०/६० लाख चाँदीका गहना दाइजो दिइएको छ। तर, बिहेपछि पङ्कजले काठमाडौँमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए। दाइजोको वि’वादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासूले आफूलाई या’तना दिने गरेको नेहाले बताएकी छन्।




