सर्जन कुमार शाही – मुगु

असोजमा परेको अविरल वर्षाको कारण गमगढीदेखि सोरु गा.पा. तारापानी सम्म पुग्ने सडकखण्ड अवरुद्ध भएको थियो। पातिहाल्ना देखि आँसिधारासम्म ठुलो पहिरोको कारण सडक अवरुद्ध हुँदा सोरुमा आवातजावत गर्दा जोखिम मोल्नु पर्ने यात्रुहरुकाे बाध्यता थियाे।

 

उक्त पहिरो काे कारण सडक अवरुद्ध भएपछि बिच बाटोमा गाडीदेखि झरेर ३० मिनेट पैदल हिडेर अर्को गाडी चढ्न यात्रुहरु बाध्य थिए । गमगढी देखि तारासम्म २४ कि मि मात्र छ । एक तर्फि भाडा अविरल वर्षा नहुनु भन्दा पहिला रु. ५०० मात्र तोकेका थिए । साे पहिरो काे कारण अर्को गाडी फेर्नु पर्ने भएकोले विगत चार महिना देखि एक तर्फि भाडा मात्रै एक हजार रुपैयाँ तिर्नु पर्ने बाध्यता यात्रुरुले भाेग्दै आइरहेका थिए।

लामो अविरल वर्षाको कारण अवरुद्ध आँसिधारा सडक खण्ड सम्भवत २०७९ मंसिर २१ गते साँझदेखि सुचारु हुने र अवरुद्ध सडकले असुविधा हुन गएको, विविध कारण ढिला हुँन गएकोमा दु:ख अनुभुती छ भनी सोरु गाउँपालिकाका उपमेयर केशर जङ्ग शाहीले बताए । अवरुद्ध सडक खुल्ने  जानकारी पाए लगत्तै स्थानीय बासिन्दाहरु आवतजावत गर्न र भाडाको दर पनि कम हुने भन्दै खुसी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here