सर्जन कुमार शाही – मुगु

मंसिर २२ गते बिहीवार मुगुमा मानव अधिकार संगठनको आयोजनामा १ दिने मानव अधिकार सम्बन्धि तालिम मुगु जिल्लाको गमगढी बजारमा रहेको अनुशा टप होटेलमा सम्पन्न भएको छ।

तालिमको प्रमुख अतिथिमा माननीय प्रतिनिधि सभा सदस्य ऐन बहादुर शाहीकाे उपस्थित थिए भने सो कार्यक्रमको अध्यक्षता मानव अधिकार मुगु संगठनका सभापति गंगा राज शाही रहेका थिए ।

मानव अधिकार सम्बन्धि तालीम प्रशिक्षक डा. गोबिन्द प्रसाद ढकालले दिएका थिए ।

 

उक्त तालिममा नेपाल प्रहरी , शस्त्र बल,आर्मी ,शिक्षक,बिद्यार्थी, सन्चार कर्मी विभिन्न सरकारि र गैरसरकारी संस्थाका कर्मचारीहरुको सहभागीता थियो ।
मानव अधिकार सम्बन्धि तालिम मुख्य गरि :लोकतन्त्र ,मानव अधिकार र कानुनी राज्य ,मौलिक हक र लोकतान्त्रिक व्यवस्था ,मानव अधिकार र सुशासन ,मानव अधिकार र शासकीय ढाँचा ,मानव अधिकार र सरणार्थी व्यवस्थापन र सम्मानपुर्वक बाँच्नका लागी विश्व प्रायस साथै दीगो विकासका लक्ष्य २०१५-२०२५ यी मुख्य शिक्षा सिकाईएको थियो र प्रत्येक सहभागीलाई प्रमाणपत्र सहित बिदाई गरेका थिए ।

फेरि पनि ६ महिला पछी यस्तै मानव अधिकार सम्बन्धि तालीम मुगुमा हुने पनि मुगू मानव अधिकार संगठनका सभापति गंगा राज शाहीले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here