काठमाडौं– लामो समयपछि फिल्ममा देखिन लागेका शाहरुख खानलाई फिल्म रिलिज अघि नै तनाव भएको छ। उनको फिल्म पठानमा समावेश एक गीतमा अभिनेत्रीले लगाएको बिकिनीले फिल्म विवादमा तानिएको छ।

विवादसँगै फिल्म बहिस्कारका लागि अपिलसमेत गरिएको छ। अयोध्याका महन्त राजू दासले शाहरुख खानको फिल्म ‘पठान’लाई बहिस्कार गर्न अपिल गरेका छन्। यति मात्र होइन, उनले जुन थिएटरमा फिल्म देखाइन्छ त्यसलाई आगो लगाउन अनुरोध गरेका छन्। उनले भनेका छन्, ‘म दर्शकहरुमा अपिल गर्दछु। जुन थिएटरमा पठान फिल्म देखाइन्छ। त्यहाँ आगो लगाइदिनु।’

राजू दासले बलिउड र शाहरुख खानमाथि लगातार सनतान धर्मलाई मजाक बनाउने गरेको आरोप लगाएका छन्। उनले भने, ‘बलिउड र हलिउड लगातार जुनसुकै तरिकाले भए पनि सनातन धर्मलाई मजाक बनाउने प्रयास गर्दछन्। कुन तरिकाले हिन्दू देवीदेवताको मजाक बनाउन सकिन्छ? यतैतिर मात्र केन्द्रित हुन्छन्। पठान फिल्ममा पनि दीपिका पादुकोणद्वारा बिकिनी लगाएर साधु सन्त तथा राष्ट्रको रंग भगवालाई ठेस पुर्‍याइएको छ।’

उनले शाहरुख खान निरन्तर सनातन धर्मलाई मजाक बनाउनतिर लागिपरेको आरोप लगाए। उनले फिल्ममा भगवाको प्रयोग गर्नु किन आवश्यक थियो? भन्दै प्रश्नसमेत गरेका छन्। उनले सनातनीको भावनामाथि ठेस पुर्‍याउने काम भएकाले कारबाहीको माग गरेका छन्।

 

शाहरुख खान र दीपिका पादुकोण स्टारर फिल्म पठान २५ जनवरीमा रिलिज हुँदैछ। तर रिलिजअघि नै यो फिल्म विवादमा परेको छ। फिल्मको एक गीत ‘बेशर्म रंग’ मा दीपिकाले केसरी रंगको बिकिनी लगाएकी छन्।

 

यसलाई लिएर हिन्दू संगठनले विरोध गर्न सुरु गरेका छन्। हिन्दू महासभाका राष्ट्रिय अध्यक्ष स्वामी चक्रपाणी महाराजले पनि आपत्ति जनाएका छन्। भगवा रंगलाई पठान फिल्ममा अपमान गरिएको बताएका छन्।

 

उनले भनेका छन्, ‘शाहरुख खान र दीपिका पादुकोणको आउने फिल्म पठानमा जुन तरिकाले भगवा रंगको कपडालाई अश्लिल तरिकाले पहिराइएको छ र त्यसमा ‘बेशर्म रंग’ गीत बनाइएको छ। यो भगवा र सनातन धर्मको अपमान हो। यो फिल्मलाई बहिस्कार गर्न समस्त हिन्दू समाजलाई अनुरोध गर्दछु।’

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here