विश्व फुटबलको सबैभन्दा लोकप्रिय उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्स भिड्दै छन्। लुसेल रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजे साविक विजेता फ्रान्सविरुद्ध मैदानमा उत्रिँदा सात पटकका बालन डी’अर विजेता लियोनेल मेसी आकर्षणको केन्द्रमा हुनेछन्।

 

जारी विश्वकपमा उत्कृष्ट लयमा रहेका अर्जेन्टाइन कप्तानको उत्कृष्ट प्रदर्शनमा दक्षिण अमेरिकी टिमले क्रोएसियाविरुद्ध शानदार जित निकालेको थियो। र, फाइनलमा अर्जेन्टिनाको सफलता मेसीको प्रदर्शनमा निर्भर रहन्छ भन्दा फरक पर्दैन।

 

यद्यपि, सन् १९६२ पछि पहिलो पटक विश्वकपको उपाधि रक्षा गर्ने मुलुक बन्ने होडमा रहेको फ्रान्स मेसीबाट भयभीत नहुने ओलिभर जिरुड बताउँछन्।

 

‘मेसी अविश्वसनीय खेलाडी हुन्। तर, उनलाई हामी सहजै त्यो रात खुशी मनाउन दिने योजनामा छैनौं। हामी यो खेलसँगै विश्वकप जित्न चाहन्छौं, त्यसैले उनलाई रोक्ने हरसम्भव प्रयास हामी गर्नेछौं। त्यो टिममा मेसी मात्रै छैनन्, अरू पनि उत्कृष्ट खेलाडीले गर्दा बलियो टिम छ,’ जिरुडले भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here