सर्जन कुमार शाही – मुगु
मुगु जिल्लामा आज बखत बहादुर शाहि फाउन्डेसनको आयोजनामा २१ औं स्व. बखत बहादुर शाही स्मृति दिवस खेल सम्पन्न भएको छ । उक्त खेल माग ३ गते देखी छायानाथ रारा नगरपालिका वर्ड १ स्थित श्री महाकाली नमुना उच्च माध्यमिक बिधालयमा संचालन भएको हो । खेलमा माध्यमिक बिधालय स्तरीय फुटबल र खुल्ला महिला देउडा प्रतियोगिता गरिएको थियो।

स्व:बखत बहादुर शाही फाउन्डेसनद्दारा गरिएको खेलमा महिला खुल्ला देउडामा १४ टिम थिए भने फुटबल प्रतियोगितामा १६ वटा माध्यमिक बिधालय खेलाम सहभागी थिए ।
खुल्ला महिला देउडा प्रतियोगितामा भवानी छत्यालबाडा महिला समूह टिमलाई हराउदै भामवाडा महिला टिमले पहिलो सफलता हात पारेको छ भने तेस्रो चैन महिला समुह भएको थियो ।
फुटबल प्रतियोगिता तर्फ श्री महाकाली नमुना उच्च माध्यमिक बिधालयलाई ०२ गोलले हराउँदै श्री प्रभाव माध्यामिक बिधालय रोवाले जित हात पारेको थियो ।

फुटबल बिजेतालाई नगत २५ हजार नगद सहि सिल्ड मेडल र प्रमाण पत्र थियो भने उपबिजेतालाई १५ हजार नगद सहित मेडल र प्रमाणपत्र पुरस्कार थियो । महिला तर्फ पुरस्कार प्रथम १० हजार दोस्रो ८ हजार र तेस्रो ५ हजार थियो भने अन्य महिला सहभागी टिमहरुलाई २५ /२५ सयका दरले स्व.बखत बहादुर शाही फाउन्डेसनद्दारा पुरस्कार हस्तान्तरण गरिएको थियोे ।
खेल हेर्न आउने सम्पुर्ण दर्शकहरु आनन्दीत भएर फर्केका थिए । खुल्ला महिला देउडा खेल पुरानो संस्कृत थियो भने फुटबल स्थानीयहरुका लागी एकदमै नयाँ खेल थियो ।





