बाँके : नेपालगन्ज उपमहानगर १० मा एक व्यक्तिको राती अर्काको घरको मेन गेटमा चढ्दा अ’ड्किएर मृ’त्यु भएको छ। स्थानीय कृष्णराजा गुप्ताको घरमा सोही नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय जितबहादुर भण्डारीको गेटको रडमा कपडा अड्किँ’दा झु’न्डिएर मृ’त्यु भएको हो ।

 

भण्डारी हतारमा गेट चढ्दाचढ्दै कपडा अ’ड्किएर झु’न्डिदा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी रामप्रसाद घर्तीले बताए। राती के कारणले उनी अर्काको घरको गेटमा चढ्न पुगे भन्ने विषयमा भने अनुस’न्धान भइरहेको डीएसपी घर्तीले बताए । तर उनी सो घरमा चोरी गर्न नै गएका थिए भन्ने आधार अझैसम्म नभेटिएको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here