हरि बिक/बर्दिया, बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने बबई नदिको पुल भत्कीदा जनताले अनेकौ सास्ती भोग्नु परेको छ ।

 

जब्दी घाटमा यात्रुहरु आवतजावतका लागि एउटा काठे पुल बनाइएको छ जसमा हिँड्नका लागि यात्रुहरुले पैसा तिर्नुपर्ने हुन्छ । नगरपालिकाले बार्षिक ५ लाख २५ हजार रुपियामा ठेक्का दिएकाले ठेकेदारले यात्रुहरुबाट पैसा सँकलन गरिरहेका हुन् । पैदल र साइकल यात्रीले १० रुपिया भने बाइक सवारले १५ रुपिया दिनुपर्नेहुन्छ ।

 

अनौठो त के भने भेडाबाख्रा र अन्य जनावरहरुको पनि पुल पार गरेको पैसा लिइने गरिन्छ । “यत्तिको पुल त नगरपालिकाले पनि त बनाएर जनतालाई राहत दिन सक्थ्यो । ठेक्का दिएर सबै यात्रुबाट पैसा उठाउन जरुरत नै थिएन ।” साइकलमा यात्रा गरेर पुल पार गर्न तयार रहेका स्थानिय श्रीराम थारुले भने ।

 

यस विषयमा बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारुसँग कुरा गर्दा उहाँले पुलको नभई डुङ्गाको ठेक्का दिइएको र ठेकेदारले नै यात्रुको सहजताका लागि काठको पुल निर्माण गरेको बताउनुभयो । त्यहाँ स्थाई पुल निर्माणका लागि आफू लागि परेको र जनताको सहजका लागि काम गर्ने उनकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here