प्रकाश विक / बर्दिया ,
राजापुर नगरपालिका-२ नयाँगाउँ बालाबजार बर्दियामा एक दिने लागुऔषध नियन्त्रण र बाल विवाह तथा बालश्रम सम्बन्धी आवश्यक जनचेतना कार्यक्रम भव्यताका साथ सुसम्पन्न भएको छ ।

उक्त कार्यक्रम राजापुर बालाबजारकाे नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकाे प्रङ्गडमा सम्पन्न भएका हाे।  साे कार्यक्रम अस्थायी प्रहरी चाैकी बालाबजार नयाँ गाउँकाे आयाेजनामा सम्पन्न भएकाे हाे। अस्थायी प्रहरी चौकी बालाबजार, नयाँगाउँका प्र.स नी विक्रम डगौराको कमान्डमा तीन जनाको टोली खटिएको थियो ।
कार्यक्रममा उपस्थित स्थानिय जनप्रतिनिधि ,अभिभावक, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी लगायत स्थानीयहरुकाे ठूलो उपस्थित रहेकाे थियो ।

 

कार्यक्रममा उपस्थित सम्पूर्ण स्थानीयबासीमा ठूलो सचेतनाको को साथ खुसी देखिएको थियो । कार्यक्रममा बोल्दै विभिन्न बुद्धिजीवीहरुले बाल विवाह , लागू औषध नियन्त्रण गर्न मुख्य भूमिका खेल्नु पर्छ भनी बताए का थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here