प्रकाश विक,बर्दिया/ राजापुर नगरपालिकाको आयोजनामा वडाका विभिन्न मावि स्कूलहरुमा लागुऔषध नियन्त्रण तथा बाल विवाह सम्बन्धित सडक नाटक स्थानिय जनप्रतिनिधि सहितको उपस्थिति कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।

श्री किसान मा.वि खल्ला जयपुर बर्दिया र श्री कालिका मा.वि चनौरा स्कूल मा कार्यक्रम सम्पन्न भएको हाे । बिहीबार भएको साे कार्यक्रममा मुख्य कलाकारिता र सडक नाटक को भुमिका भने “सप्तरङ्गी मंच ” का कलाकार ले प्रस्तुत गरे का थिए । कार्यक्रम हेर्नको लागि स्थानिय अभिभावक, विद्यार्थी , समाजका अग्रज व्यक्तित्व ,बुद्धिजीवी लगाएतका व्यक्तित्व सहितकाे बाक्लो उपस्थिती देखियो ।
कार्यक्रममा बोल्दै वडा नम्बर-१ का अध्यक्ष बाबुराम चौँ ले भन्नुभयो “कलाकारले नाटकमा मात्रै होइन अब हामी अभिभावकले पनि आफ्ना सन्तान प्रति मुख्य ध्यान दिनुपर्छ” भनी बताए । उक्त कार्यक्रम वडा नं ५ र १ वडा गरी बिहीबार साे कार्यक्रम भब्यताका साथ आयोजना गरिएको थियो । 
लागूऔषध, बाल विवाह बारे जनचेतना मुलक कार्यक्रम साे कार्यक्रममा सुरुक्षार्थ बालाबजार नयाँगाउँका प्रहरी प्रमुख विक्रम चौधरी को कमान्ड सहित को नेतृत्व टोली खटिएको थियो।राजापुर नगरपालिका बर्दियाका मावि विद्यालयका विभिन्न ठाउँहरूमा राखिएको जनचेतामूलक साे कार्यक्रम सप्तरङ्गी मंचका कलाकारको मन छुने प्रस्तुति र व्यवहारिक विषयवस्तुमा आधारित नाटकका कारण उपस्थितिहरु मन थाम्न नसकी रुँदै आँखाभरि आँसु झारी रोइरहेको देख्न सकिन्थ्यो ।
दर्शकहरुको भीडका कारण सुरक्षामा खटिएको सुरक्षा टोलीले अझै काडाका साथ डिउटीमा खटिएको जानकारी नागरिक पत्रिका लाई जानए । कार्यक्रमलाई सम्वाेधन गर्दै विभिन्न बुदिजिविहरुले फेरी पनि यस्ता जनचेतनामूलक कार्यक्रम पालिकाले ल्याउनु पर्छ भन्दै सुझाव दिएका थिए ।





