७० वर्षका काफ्लेले अदालत पुगेर ४२ वर्षीया रोकायसँग गरे कानुनी विवाह

सर्जन कुमार शाही, मुगु

७० वर्षका काफ्लेले अदालत पुगेर ४२ वर्षीया रोकायसँग गरे कानुनी विवाह गरेका छन् ।
मुगुमा पहिलोपटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, संस्कृति तथा रीतिरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलोपटक अदालतमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ।

सोरु गाउँपालिका– ७, सिपगाउँका ७० वर्षीय प्यारीलाल काफ्ले र खत्याड गाउँपालिका–४, जिउका गाउँका ४२ वर्षीय जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो । आफूहरूबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताए ।

विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार बर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गरे । न्यायाधीश बर्देवाले जिल्लामा पहिलोपटक अदालती विवाह भएको जानकारी दिए ।

काफ्लेकी श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमान्‌सँग सम्बन्धविच्छेद गरेका थिए । दुवै जनाको सहमति र साक्षीहरूको उपस्थितिमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका स्रेस्तेदार गोविन्द आचार्यले बताए । सत्तरी वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भिड लागेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button