मुगु, सर्जन कुमार शाही
मुगु- मुगुको सदरमुखकाम गमगढीमा सुरक्षीत सुचना प्रबिधि,सुशासन र समृद्धि भन्ने मूल नाराका साथ राष्टिय सूचना तथा संचार प्रविधि दिवस २०८० मनाइएको छ । उक्त कार्यक्रमको आयोजक क्यान महासंघ मुगुले गरेको छ भने सहयोगी सस्थाहरु इन्टरसफ्ट नेपाल, नेपाल दूरसंचार प्राधिकरण र एमओसिआईटि मुगुले सहयोग गरेका छन् कार्यक्रम को सभाअध्यक्ष क्यान महासंघ मुगुका अध्यक्ष नरेश शाहीले गरेका थिए भने प्रमुख अथिति मुगु जिल्ला नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लले गरेका थिए ।
उक्त कार्यक्रममा पत्रकार बुद्धिजीवी विद्यार्थी सहभागी थिए राष्टिय सूचना तथा संचार प्रबिधि दिबस २०८० को अबसरमा आयोजित एक दिने कार्यशाला गोष्ठीमा हाल साइबर सुरक्षा सम्बन्धि जागरुपता कसरि हुने साइबर सम्बन्धि घटेका घटनाहरु लाइ कसरी न्यूनीकरण गर्ने भन्ने बिषयलाइ प्रथामिकतामा राखेर छलफल गरियको थियो ।
राष्टिय सूचना तथा संचार प्रविधि दिवस आईसिटि डे मनाउने सम्बन्धमा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयतले जिल्लामा रहेका सबै स्थानीय तहहरुलाइ आईसिटि मनाउने डेमनाउने भनेरे पत्रचार गर्दापनि जिल्लामा रहेका कुनैपनि स्थानीय तहहरुले आईसिटि डे मनाउ नमनाउदा आफुहरुलाई दुख लागेको क्यान महासंघ मुगुका अध्यक्ष नरेश शाहीले बताए सुरक्षीत सुचना सबै नागरिकको हक अधिकार भयकोले अब आउने दिन हरुमा सबै स्थानीय निकायले गम्भीरताका साथ लिने आफुहरुले बिस्वास गरेको शाहीले बताए ।





