सर्जन कुमार शाही – मुगु
रारा राष्ट्रिय निकुुञ्जको कडा निति नियमका कारण अन्धकारमय जस्तै जिवनयापन गर्दै आएका हुन । यो रारा राष्ट्रिय निकुुञ्जको कोर एरिया भित्र रहेको छायांनाथ रारा नगरपालिका ८ चुुगाँ गाउँ हो । यस गाउँका ३० घरदुरीका दलित समुुदाय रारा राष्टिय निकुुञ्ज स्थापाना काल अघि देखि बसोबास गदै आएका छन । रारा राष्ट्रिय निकुुञ्जको स्थापाना २०३२ सालमा भयो त्यस यता चुुगाँ गाउँका दलित समुदाय निकुुञ्जको निति नियम र कानुुनले हैरान भएका छन ।
रारा राष्टिय निकुुञ्ज स्थापना पछि रारा राष्ट्रिय निकुुञ्ज भित्र रहेका रारा, छाप्रुु दुई गाउँका स्थानीय लाई नेपाल सरकारले बाँकेको चिसापानी बसाईसराई सारेको छ । तर चुुगाँ गाउँ दलित बस्ती भएकै कारण सरकारले पनि वास्ता गरेन आफुुहरु ४७ बर्ष देखि निकुुञ्जको नितिनियमले जंगली जनावर सरह बाँच्नुपरेका उनिहरुको गुनासो छ ।
निकुुञ्ज भित्रको बसाई कष्टपुर्ण भएको र राज्यको सेवा सुविधा बाट बञ्चित हुुन परेको स्थानीयको भनाई छ । गाउँमा कुनै पनि बिकासी योजना आउदाँ आफुु खुसी सञ्चालन गर्न पाईदैन , निकुुञ्ज संग अनुमति माग्न जादाँ निकुञ्जले दिन मान्दैन निकुुञ्जको निति नियम भन्दा बाहिर जान मिल्दैन भन्दै अनुुमति नदिदाँ गाउँमा आएका बिकासका योजना निमार्ण गर्न सकस भएको छ ।
निकुञ्जकै कारण चरिचरन घाँस दाउराको पनि उत्तिकै समस्या छ, त्यति मात्र हैन यस गाउँमा बसोबास गदै आएका स्थानीयले जंगली जनावरको सास्ती पनि उत्तिकै खेप्नुपरेको छ । बर्ष भरी खेतीपाति गर्यो पाक्ने बेला जंगली जनावर ,बाँदर, बदेल चरा चुुरुङ्गी लगायतले सखाप पार्ने गरेका छन । यो गाउँमा हरेक समस्या छ , अन्धकारमय जीवन बाँच्नुुको विकल्प छैन ।
जनावर बस्ने स्थानमा मानव बस्ती बस्दा पक्कै पनि केहि समस्या हुने गरेको रारा राष्ट्रिय निकुुञ्जले जनाएको छ । निकुुञ्ज बिशेष गरी जंगली जनावरको बास स्थान अर्थात घर हो । जनावरको बासस्थानमा मानवबस्तीले अत्तिक्रमण गरेर बस्नुु उचित हुदैन । निकुञ्ज भित्र रहेका रारा छाप्र का बस्ती लाई जसरी बस्ती स्थान्तण गरेर अन्य ठाउँ सारिएको छ त्यसरी चुुगाँ गाउँको बस्तीलाई सादाँ उपयुक्त हुने र यस्को लागी सबैले सहयोग गर्नु पर्ने देखिन्छ ।
रारा राष्ट्यि निकुुञ्ज भित्र खासै बस्ती बसाल्न उपयुक्त हुदैन । त्यसैले चुुगाँ गाउँका स्थानीयको माग सम्बोधन लाई सम्बन्धित निकायले चासो दिई बस्ती स्थान्तण गर्नु बाहेय अन्य विकल्प छैन ।





