राजापुर- चारैतिर लहलहाैंदै गरेको धान खेतकाे बिचमा जस्ता पाताले छाएको सानाे घरमा राखेका कृषि ओैजार , माछा मार्न प्रयाेग गर्ने घम्का तथा फुलबुट्टे भेषभुषाले भित्री तराई बासीहरुकाे थारु रहनसहन र संस्कृतिको प्रतिविम्बि दिन्छन् उनको त्याे सानाे टिनले छाएको घरमा ।

त्याे थारु जातीकाे प्रतिविम्बित घर हाे बर्दिया राजापुर नगरपालिका २, बालाबजार नयाँगाउँ बस्ने अर्जुन थारुकाे उनि दिनहुँजसाे घरकाे आगनमै दिन काटिरहेकाे हुन्छ तर उनको मनमा भने केही गर्ने हुटहुटीले कहिल्यै छाेडेकाे छैन।

उनको घरमा आमा बुवा ,दाई भाउजु र आफू गरी पाँच जनाको परिवार छ । सामान्य किसान घरको भएका कारण धेरै जग्गा जमीन पनि नभएकाे उनी बताउँछन् ।

कक्षा ५ मा पढ्दै गर्दा एक दिन गाउँ नजिकै जामुन काे फल टिपेर खाने क्रममा लडेर घाइते बन्न पुगे । जसको कारण सदाको लागि ह्वील चेयरकाे सहारा लिएर जीवन काट्नु पर्ने बनायो । यसरी ह्वील चेयरमा बसेकाे करिब १२ बर्ष भैसकेको उनी बताउँछन् ।

घरको अवस्था एकदमै नाजुक भएका कारण आर्थिक सहयोग कतै बाट पनि नपाएको उनको गुनासो छ। उनी भन्छन् ‘म केही काम गरेर जिउन चाहन्छु।’ मासिक औषधि खर्च जुटाउन गार्हाे भएका कारण आर्थिक अभाव सारै भएको उनी बताउँछन् । उनी भन्छन् मेरो खुट्टाले काम नगरे पनि मेरा दुईवटा हात ले अझै काम गर्न चाहन्छु । गित, गजल तथा कविता लेख्दै समय विताउने अर्जुन कम्युटर पनि चलाउँछन्। पछिल्लो समय युट्युव लाई आफ्नो कुरा पाेख्ने ठाउँ बनाएको उनी बताउँछन्

उनलाई रेडियोमा समाचार भन्ने ठुलाे रहर छ । आफुले माैका पाए काम गरेरै आत्मा निर्भर हुने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here