सर्जन कुमार शाही,
मुगु जिल्लाको सोरु गाउँपालिका-९ कालैको विजय माध्यमिक विद्यालयमा पहिलो पटक शुक्रबार दान बहादुर शाही द्दारा दान बहादुर शाही नामक शैक्षिक अक्षकोषको स्थापना भएको हो ।
विजय मावि कालैमा खनाया , बन्च , सीप, रुम , गिलाँहा र कालै-२ गाउँका गरेर ७ गाउँका विद्याहरुर्थी यो विद्यालयमा अध्ययनरत छन् । मुगू जिल्लाको तुलनामा यस विजय मावि कालैमा कक्षा १० सम्म अध्ययन गरेर उच्चस्तरीय शिक्षा अध्ययन गर्नेहरुको संख्या कम देखियो कारण आर्थिक अवस्था कम भएकोले उच्च शिक्षा हासिल गर्न नसेकालाई थप हौसला प्रदान गरोस् भनी यो विद्यालयलाई रोजेको शाहीले बताए ।
शाहीले अहिले १ लाख ११ हजार ११ सय ११ रुपैयाँ बाट १० बर्ष सम्मका लागि अक्ष कोषको सुरुवात गरि प्रत्येक वर्ष १ छात्र र १ छात्रा २ जनालाई मुल्यांकनको आधारमा उच्च शिक्षा अध्ययनमा विद्यालयले सिफारिस गरे अनुसार अध्यापन गराउने उनले बताए ।
जुन सुरुवात गरेको अक्षकोष कहिँ कतै देखि नभएर आफू भुमी आयोगको विज्ञ सदस्य भएकोले आफ्नै तलब बाट आएको रुपैयाँ निस्वार्थ रुपमा नितान्त आफ्नो व्यक्तिगत तवरले यो ठाँउको चिन्ता र चासो काे कारण अक्ष कोष सुरु गरेको उनले जनाए ।
प्राय विद्यार्थीहरु सानै उमेरमा पढ्न छोडेर भारत तिर लाग्ने र विचमै पढाई छोड्ने प्रचलन छ । यो सबै उच्च गरिबिका कारण आएको समस्या हो, अब यो शैक्षिक अनुदान अक्ष कोषले केही विद्यार्थीहरुमा जोस , जाँगर र हौसला उत्पन्न गराउने आशा पलाएको स्थानीय दल बहादुर शाहीले बताए ।
आजका दिन सम्म जति नेता आए कति केही गर्छौ भनेर सबै चिप्लो कुरा मात्र बोलेर गए कसैलेले केहि गर्न सकेन भोट बैंक मात्र बनाएर आफ्नो स्वार्थ पुरा गरे तर गरिबका ठुलो आँट बोकेर चुपचाप काम नयाँ कामको सुरुवात शाहीले गर्नु भएको छ । यो गरिब जनतालाई देखाउने मात्र नभएर निरन्तर चलोस उनै धनिमानिका र नेताका छोराछोरीको लागि नबनोस नितान्त गरिबका छोराछोरीहरुको लागी होस् हाम्रो साथ सधैं भरी दान बहादुर शाहीलाई हुनेछ भनी स्थानीय डिल्ल नाथ योगिले बताए ।





