प्रकाश बिक- बर्दियाको राजापुर नगरपालिका वडा नम्बर २ बालाबजार नयाँगाउले वडा मातहतका पाँच सामुदायीक विद्यालयमा अध्यनरत कक्षा १ र २ का छात्र, छात्रालाई पोशाक बितरण गरेको छ । वडाले १ सय ३४ जना छात्र, छात्रालाई पोशाक हस्तान्तरण गरेको हाे ।


नेपाल राष्ट्रिय माध्यामिक विद्यालय नयाँगाँउ, नवज्योती प्राथमिक विद्यालय नयाँगाँउ, ज्ञान दर्शन प्राथमिक विद्यालय चैनपुर, ज्ञानदीप प्राथमिक विद्यालय बर्गदही, ज्ञानज्योती प्रावी सोहरीयाका कक्षा १ र २ का छात्र, छात्राहरुलाई पोशाक बितरण गरिएको हो । विद्यालय शिक्षामा सहज हुनुका साथै अभिभावकलाई आर्थिक बोझ कम होस् भन्ने उदेश्यले विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको वडा अध्यक्ष रामचन्द्र चौधरीले बताउनुभयो ।

वडा कार्यालयको ६३ हजार रुपैयाँको लागतमा एक सय ३४ जना छात्र, छात्रालाई पोशाक वितरण गरिएको उहाँको भनाई छ । आफ्ना नानी बावुहरुलाई वडा कार्यालयले निःशुल्क पोशाक दिएपछी आफुलाइ राहत भएको अभिभावक उमा कुमारी थारुले वताईन् ।

पोशाक बितरण कार्यक्रममा सामुदायीक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, वडा सदस्यद्वय अर्जुन कुमार चन्द, राम बहादुर थारु सहभागी हुनुहुन्थ्यो । वडा कार्यलयले यसअघि कक्षा ३ देखी ५ सम्मका छात्र, छात्रालाई झोला वितरण गरीसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here