स्वास्थ्य कर्मी तुलसाले जातीय विभेद संगै यौन दुव्र्यवहारको प्रयास भएको आरोप लगाएपछि

मुगु जिल्ला सोरु गाउँपालीका- ९ खनाया स्वास्थ्य चौकिमा कार्यरत तुल्सिपुर उपमहानगरपालि ११ दाङ  जिल्लाकी २३ बर्षिया तुलसी कुमारी विश्वकर्माले कर्णाली प्रदेश लोकसेवा परिक्षामा ७८/७९ मा अ.न.मि.स्थायी भइन् र सोरु गाउँपालिका-९ खनायाको स्वास्थ्य चौकिमा गत माघ ९ गते सोरु गाउँपालिकाले खटायो ।

उक्त सोरु गाउँपालिका ९ खनायाका स्वास्थ्य इन्चार्ज सुरज कुमार शाहीको घरमा डेरा लिएर बस्दै गरिकी विश्वकर्मालाई गाउँका केटाहरुले राती फोन गर्ने , राती राती औषधिको निउ गरेर आफ्नो कोठामा आफुलाई डिस्टप गर्न आउने , रक्सी खाएर यौन प्रस्ताव गर्ने , आफुलाई साथीको जन्मदिनमा सोरु गाउँपालिका स्वास्थ्य शाखामा कोकको बोतलमा रक्सी मिसाएर खुवाईएको र रक्सी खाने स्वास्थ्य कर्मी भनेर आफ्नो नै मान हानी गरेको साथै हाल सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र बहादुर मल्लले आफुलाई रातिको एक बजे फोन कल गरेर यौन प्रस्ताव गरेको पीडित तुलसाले बताइन् यो सबै कुरालाई लिएर आफ्नो सुरक्षाको लागी स्वास्थ्य शाखामा प्रस्ताव गर्दा कुनै सुनुवाइ नभएकोले बताइन् ।

त्यस्तै, आफू बसेको घारमा घरबेटी आन्टीले तिमी तल्लो जातीको भएको थाहा थिएन अहिले तिमी तल्लो जाती भएको थाहा भयो हामिलाई सुबेन गाउँलेले हामीलाई पनि राम्रो मान्दैनन् हाम्रो घर छोडेर अन्त कतै कोठा खोज भनी विभेद गरेको पीडित तुलसाले बताइन् ।

यत्रो लामो समयको समस्याको बारेमा गाउँपालीकामा नआएको र अब छानबिन गरि पीडितलाई न्याय दिलाउन आफू लागी पर्ने सोरु गाउँपालिकाका उप-अध्यक्ष ( न्याय समितिका संयोजक ) केस जङ्ग शाहीले बताए ।

पीडित तुलसीको न्यायको लागी जिल्ला प्रहरी कार्यलयमा किटानी दिए लगत्तै आफु लागी पर्ने प्रहरी प्रमुख बिरेन्द्र थापाले जनाए साथै  यसबारे अहिलेसम्म उजुरी नपरेको पनि थापाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button