मुगु जिल्लाकाे सोरु गाउँपालिका-९ खनाया स्वास्थ्य चाैकी मा कार्यरत स्वास्थ्यकर्मीले आफू लामाे समय देखि जातीय भेदभाव र याैन दुर्ववहार बाट पिडित भएको प्रहरी र पालिका प्रमुख समक्ष बताएकी छिन् ।
साेही स्वास्थ्य चाैकी काे इन्चार्ज सुरज कुमार शाहीको घरमा डेरा लिएर बस्दै गरिकी पिडितले भनिन् गाउँका केटाहरुले राती-राति फोन गर्ने , राती राती औषधिको निउ गरेर आफ्नो कोठामा आफुलाई डिस्टप गर्न आउने , रक्सी खाएर यौन प्रस्ताव गर्ने , आफुलाई साथीको जन्मदिनमा सोरु गाउँपालिका स्वास्थ्य शाखामा कोकको बोतलमा रक्सी मिसाएर खुवाईएको र रक्सी खाने स्वास्थ्य कर्मी भनेर आफ्नो नै मान हानी गरेको उनले बताईन् ।
साथै हाल सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र बहादुर मल्लले आफुलाई रातिको एक बजे फोन कल गरेर यौन प्रस्ताव राखेको पीडित स्वास्थ्यकर्मीले प्रहरी समक्ष बताइन् । साे कारणले आफ्नो सुरक्षाको लागी स्वास्थ्य शाखामा प्रस्ताव गर्दा कुनै सुनुवाइ नभएकाे उनलेे पाेखे।
त्यसैगरी, आफू बसिराखेकाे घरबेटी आन्टीले तिमी तल्लो जातीको भएको थाहा थिएन अहिले तिमी तल्लो जाती भएको थाहा भयो हामिलाई सुबेन गाउँलेले हामीलाई पनि राम्रो मान्दैनन् हाम्रो घर छोडेर अन्त कतै कोठा खोज भनी विभेद गरेको पीडितले सुनाईन् ।
पिडितले प्रहरी समक्ष शिक्षा प्रमुख मल्ललाई लगाएको आराेप बारे जानकारी लिन खाेज्दा मल्ल जहाजमा सुर्खेत जाँदै गरेको र अहिले यसबारे केही कुरा नगर्ने , भाेलि मात्रै कुरा गर्ने उनले नागरिक पत्रीका लाई बताए ।
त्यस्तै, खनाया स्वास्थ्य चाैकी इन्चार्ज सुरज कुमार शाहीले आमा र पिडित बीच व्यक्तिगत कुरा के के भयाे थाहा छैन तर हामीले कति पटक एउटै चुलाेमा खाना खाने पनि गरेको उनले दाबी गरे ।
यसबारे साेरु गाउँपालिका प्रमुख धर्म बहादुर शाहीले भर्खरै मात्र जानकारी पाएकाे र आफू पिडितले न्याय पाउनु पर्ने पक्षमा रहेकाे जनाए ।
प्रहरी प्रमुख बिरेन्द्र थापाले प्रारम्भिक रुपमा पिडितकाे कुरा सुन्दा जातीय भेदभाव मात्रै नभएर लामो समय देखि नै याैन जन्य हिंसामा परिरहेको र यदि याैन दुर्ववहारमा परेकाे सत्य-तथ्य हाे भने कानुनी उपचार गर्न प्रहरी तयार रहेकाे बताए ।
उक्त घटनाको बिषयमा प्रमुख जिल्ला अधिकारी टाेपिन्द केसि भन्छन् सत्य तथ्य हाे भने कानुनी दायरा भित्र आउँछ यसमा कम्परमायज भन्ने कुरानै हुन्न ।





