सर्जन कुमार शाही
मुगु पुस ४ गते,
दुनिया कहाबाट कहाँ पुगिसके अझै पनि हामी जातपात,सस्कार,चलन भन्दै अमानविय कार्य गर्दै आएका छौ ।
कसैलाइ पिडाहुने र दिर्घकालिन प्रभाव पार्ने नेपालका कानुन विपरितका यस्ता कुसस्कार अझै पनि दुर्गम गाउँ बस्तिहरुमा कायम रहिरह्दा त्यसोको प्रत्यक्ष सिकार कथित तल्लोजात भनिएकाहरु,निरिअ व्यक्ती र महिलाहरु भैरहेका छन ।

अरु त सिकार भए भए यस्ता कु सस्कारबाट पढेलेखेका र सरकारि तथा गैर सरकारी क्षेत्रमा नोकरी गर्न दुर्गम गाउबस्तिमा खटिने महिला कर्मचारीहरु नै सिकार हुँदै आएका छन ।
मुगु जिल्ला सोरु गाउपालिका स्वास्थ्य चौकी खनायामा कार्यरत अनमी तुल्सा विश्वकर्माले आफू माथी भएको जातिय भेदभाव,लैगिक हिंसा र यौन दुर्व्यवहार बारे मङलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसि,प्रहरी नायव उपरिक्षक विरेन्द्र थापा,सोरु गाउपालिका अध्यक्ष धर्म बहादुर शाही,उपाध्यक्ष केशरजङ्ग शाही र पत्रकारहरुको अगाडि सार्वजनिक गरेसङ्गै ग्रामिण तथा दुर्गम क्षेत्रमा महिला कर्मचारी माथी हुने अनेकौ हिंसा,भेदभाव र दुर्ववहार खुलासा भएको हो ।

अनमी विश्वकर्मा भन्नुहुन्छ गाउमा हुने भेदभाव,हिन्सा,दुर्ववहार भनेर साध्य छैन अझ तल्लो जातका महिला कर्मचारीका पीडा अलगै छन । महिला भनेपछी केटाहरुले राती राती फोनमा सताउने,फोन न उठाए गाली गलौज गर्ने ,बास पाउन समस्या,महिनावारी भए अलग्गै बस्नु पर्ने ,दूध,दहि,घिउ कदैले नदिने न बेच्ने जस्ता समस्या भोग्नु पर्छ ।

११ महिना अघि मुगु आउदा स्वस्थ्य चौकी खनायामा पदस्थापना भयो त्यो बेला कुन जात थरिको हो कसैलाइ चासो भएन स्वास्थ्य चौकी इन्चार्ज सरोज शाहिले आफ्नो घरमा बसाउनु भयो । दिनहरु वित्दै गए उहाको आमाले मेरो जात विश्व्कर्मा भएको थाहा पाएर कोठा छोड्न दवाव दिन थाल्नु भयो । गाउँ भरी खोजे कसैले दिएनन । गाउका महिला महिनावारी हुदा घरभन्दा टाढा ६/७ दिनसम्म बस्छन कसैलाइ केही हुदैन तर हामी वाहिरको महिला भएर हो या फरक जात भनेर हो युवाहरुले जिस्काउछन ।

एक चोटि स्टाफको जन्म दिनमा कोकसङ्ग रक्सी मिलाई दिए छन पाटी हो भनेर सामान्य रुपमा लिए त्यो बेलाको भिडियो बनाएर गाउभरि देखाइएछ । सोरु गाउपालिकामा सरुवाको लागि कति चोटि भने तर सुनुवाइ भएन । गाउकै व्यक्ती प्रमुख प्रशासकिय अधिकृतमा विरेन्द्र मल्ल भन्ने व्यक्ती थिए उहाले मातहतका कर्मचारिको अविभाकत्व लिनु पनेमा उल्टै राती राती फोन गर्ने,दिउँसो कु नजर लगाउने यौनजन्य दुर्ववहार गर्न थाल्नु भयो । यतिसम्म जातिय भेदभाव हुन्छ गाउमा एक चोटि सोरुकोटमा सामान किन्दा साहुजिले नाम सोध्यो सामान अलग्गै राखि लिन भन्यो र पैसा पनि मेरो हात नछिकन भुइमा राख्न लगाइ लियो यो बेला रोए मात्र । अर्काको ठाउँ मेरा लागि परदेश नै थियो जागिर खानु थियो कहि कतै भनिन ।

विदाको समय घर दाङ्ग जादा आफुले भोगेका सबै कुरा घर परिवारलाइ सुनाए अरु कतै भनेको थिइन । सायद घर परिवारले सहन नसकेर कतै मिडियालाई भनी दिएछन अहिले आएर भाइरल भयो अनमी तुल्सा विश्वकर्मा सुनसुनु हुन्छ्स ।
म त प्रतिनिधि पात्र मात्र हु यहाँ गाउघरमा आउने महिला कर्मचारिले केही न केही दुख्ख भोगेकै हुन्छन अर्काको ठाउँ भएकाले सहेर बस्छन् ।

अझै पनि जति कानुन बनेपनी जति व्यवस्था फेरिएपनी जति बढे लेखेपनी पुरानै सोच,शैली,आचरण,चाल चलन यथावत छ । एक गैर सरकारी सस्थामा काम गर्ने महिला कर्मचारी भन्नुहुन्छ तुल्सा दिदिले भनेको कुरा यथार्थ हो सबै महिला कर्मचारीले केही न केही हिंसा भोगेकै छौ । फिल्डमा जादा केटा कर्मचारिबाट यौनजन्य दुर्ववहारको आफुले सामना गर्नु परेको छ थियो । आदर्शमा जति अधिकार र नारीवादका कुरा गतेपनी धरातलमा फरक छ । अझै महिलामैत्री वातावरण बन्न सकेको छैन । उहाँले थप्नुभयो ।

विभिन्न आयोग पास गरेर महिला कर्मचारी आउनु हुन्छ उहाहरु ठूलो सपना देखेर जनताको सेवामा आउनु भएको हो पालिकालाइ महिलामैत्री बनाउन जनप्रतिनिधिहरुले भुमिका खेल्नु पर्ने र गाउघरमा जातिय भेदभाव,लैङ्गिक हिंसा,यौनजन्य दुर्ववहार बारे सचेतिकरण तथा कानुनी उपचार बारे जानकारी दिने दायित्य पहिलो स्थानिय सरकारको हो ।

महिला कर्मचारी मात्र होइन जो कोहिलाइ हिने जातिय भेदभाव,लैङ्गिक हिंसा,यौन दुर्ववहार स्थानिय प्रशासनका नाताले क्षम्य हुदैन कानुन बमोजोम कारवाहिको भागेदार दोषी आफू गर्छु प्रमुख जिल्ला अधिकारि टोपेन्द्र केसिले सबैलाइ विध्वास दिलाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here