माेहन खत्री – लुम्बिनी प्रदेशका मुख्यमन्त्री मन्त्री डिल्ली बहादुर चौधरीले वर्दिया काे पर्यटकीय स्थानहरुकाे स्थलगत निरिक्षण गरेका छन् ।

बुधबार नेपाली मुख्य मन्त्री डिल्ली बहादुर चाैधरी संगै कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननिय जन्मजय तिमिल्सिना, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुनिल पौडेल, जिल्ला स्तरिय कार्यालय प्रमुखहरुको संयुक्त रुपमा गेरुवाको पर्यटकीय क्षेत्र ओखरिया इन्टेक , गेरुवा गा.पा. १ को स्थलगत रुपमा निरीक्षण गरेकाे हाे ।

यसैगरि यस क्षेत्रमा रहेको समस्या नदि कटानको रोकथाम, वन्यजन्तु द्वन्द न्यूनीकरण र ओखरिया इन्टेकको समग्र विकासका लागि मन्त्री चाैधरीले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

निरिक्षणकाे साे निरिक्षणकाे क्रममा उहाँले ओखरिया (बुढीकूलो इन्टेक) र जनकनगर मा बिषेश भेट्घाट कार्यक्रम पनि गरेका थिए ।

कार्यक्रममा मन्त्री चाैधरीले थारु संस्कृति झल्काउने खालको सृजनात्मक संरचना, खाना लगाएतका कुराहरु समाबेश गरेर उत्पादनमूलक कुराहरुले पर्यटकहरूलाई आकर्षण गराउनु पर्ने पनि सुझाएका थिए ।

फाेटाे फिचर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here