सर्जन कुमार शाही

मुगुका अपाङ्गता भएका व्यक्तिहरूले पछिल्लो सयम आयआर्जन जीविकोपार्जन र आत्मनिर्भर बन्नका लागि विभिन्न तालिम, सिप र आर्थिक सहयोग प्राप्त गरेका छन् । समुदायमा आधारित समावेशी बिकास मार्फत दिगो बिकास (समृद्धि परियोजना) कार्यक्रम अन्तर्गत CBM ग्लोवल को आर्थिक सहयोग, INF नेपालको प्राविधिक सहयोग र अपाङ्गता पुनर्स्थापना तथा ग्रामीण विकास संस्था ( डार्डो नेपाल) मुगुको सहजीकरणमा मुगुका छायानाथ रारा नगरपालिका र खत्याड गाँउपालीका का अपाङ्गता भयका ब्यक्ती हरुलाई जीविकोपार्जन तथा आयआर्जनका लागी तरकारी खेती, घुम्ती कोष सहयोग रकम बाट बाख्रा पालन, खुद्रा पसल संचालन, अपाङ्गता भयका ब्यक्ती हरुलाई सिलाई कटाई तालीम, मोबाइल फोन मर्मत तालीम, अपाङ्गता भयका ब्यक्ती हरुका लागी पौज युक्त अपाङ्ग मैत्री सौचालय र घर परिमार्जन गरि निर्माण गरियको र जिल्लामा उपचार हुन नसकि बाहीरि जिल्ला रिफर गरियका बिरामी हरुलाई आर्थिक सहयोग गरियको र आर्थिक अबस्था कमजोर भयका अपाङ्गता बालबालीकाहरु लाई शैक्षिक सामग्री सहयोग गरियको कार्यक्रम संयोजक नौलासिंह नेपालीले बताय
उक्त कार्यक्रम ले यहाँ आर्थिक संकटमा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई आयस्रोत बढाउने आसा गरिएको छ ।

पछिल्लो समय कर्णालीका केही अपाङ्गता भएका व्यक्ति व्यवसायिक सिप सिकेर आत्मनिर्भर बनेका छन् ।

पछाडी परेका अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बन्नका लागि आयआर्जनका कार्यक्रम हरुको थालनी गरिएको संस्थाका अध्यक्ष रमेश रावलले बताय।
संस्था बाट आफुहरुले पायको तरकारी खेतीका लागी बिउ,पाईप,हजारी, ग्रीन हाउस पाल र आर्थिक सहयोग पायकोले धेरै राहत भयको अपाङ्गता भएका व्यक्ति कृषक सुरेन्द्र भामले जनाए ।

त्यस्तै, अपाङ्गता भयका ब्यक्ती हरुका लागी पौज युक्त अपाङ्ग मैत्री सौचालय र घर परिमार्जन गरि निर्माण गरियकाले आफुलाई सहज भयको निगाले गाउकि अजमति रोकायाले बताईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here