सर्जन कुमार शाही – मुगु

मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका गमगढी बजारमा आज खि्ष्टमसको अवसर पारेर बृहत इसाई शान्ति र्याली सम्पन्न गरिएको छ ।

बृहत शान्ति र्याली मुगु इसाई एकता समाजको अगुवाईमा भएको थियोे । शान्ति र्यालिमा नगरपालिका भित्रका कर्णाली आशिष चर्च , fgt चर्च , हिमाली सु सन्देश चर्च , बिजय बेथेल चर्च , पवित्र सुसमाचार चर्च , रारा शान्ति चर्च , सुन्दर ढोका चर्च रिचआउट रुगा र सुन्दर सोभाका चर्चका सदस्यहरु उपस्थित भएका थिए ।

बृहत शान्ति र्यालिमा सुरक्षाका लागि लागी पुलिस र सशस्त्रहरु पनि खटाइएको थियो । विभिन्न कला संस्कृती नाच , गित र बाजाहरुद्दारा बजारमा बृहत शान्ति र्याली गरिएको मुगु इसाई एकता समाजकि काेषा – अध्यक्ष राजु मल्लले बताए ।

अब आउदा दिनहरूमा समग्र मुगुका सम्पुर्ण चर्चहरु नै उपस्थित गर्ने गरि कार्यक्रमको आयोजना गरिने इसाई एकता समाज मुगुका अध्यक्ष दधिराम कुमाईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here