सर्जन कुमार शाही
मुगु । मुगु छायाँनाथ रारा नगरपालिका ६ मुन्दु गाउँमा भएको चार जनाको सामुहिक हत्या घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलि लाई सम्मान गरिको छ ।
सामुहिक हत्यामा संलग्नलाई नेपाल प्रहरीले आफ्नो मातहतका संयन्त्र परिचालन गरेर विभिन्न कोणबाट अनुसन्धान गरि हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै छायाँनाथ रारा नगरपालिकाले अनुसन्धानमा खटिएको प्रहरी टोलि सबैलाई सम्मान गरेको छ।
जिल्ला प्रहरी कार्यालय मुगुको नवनिर्मित भवन उदघाटन को अबसरमा अनुसन्धानमा खटिएका सबैलाई सम्मान गरिएको हो। उक्त घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय मुगुमा जानकारी भए लगत्तै प्रहरी घटनास्थलमा पुगेर नेपाल प्रहरीले आफु मातहतका प्रहरी परिचालन गरी बिभिन्न तरिकाबाट अनुसन्धान सुरु गर्नुका साथै सुक्ष्म अनुसन्धान मार्फत अपराधीलाई कानुनी दायरामा ल्याउन सफल भएको थियो नगरप्रमुखबाट सम्मान पत्र ग्रहण गर्दै प्रहरी निरिक्षक भुपेन्द्र बुढाथोकीले यस्ता खालका सम्मान, समन्वय र सहयोगले नेपाल प्रहरीलाइ हौसला मिल्ने गरेको र प्रहरी संगठनप्रति जनताको विश्वास झन बढ्ने विश्वास व्यक्त गरे ।
प्रहरीको कार्यले जिल्लामा अपराधिक कृयाकलाप नियन्त्रणमा ठूलो सहयोग पुगेको र अपराधीले जति प्रमाण नष्ट गरेर अपराध गरेपनि अपराधिलाई प्रहरीले ढिलो चाडो पत्ता लगाइ कानुनी कठघरामा उभ्याइ छोडने सन्देश दिएकोले प्रहरीको कार्यलाइ उच्च सम्मान गर्दै प्रहरीको मनोवल र हौसला बढाउन स्थानीय सरकारका नाताले नगरपालिकाले सम्मान गरेको नगरप्रमुख विष्णुकुमार भामले बताए ।





