सर्जन कुमार शाही
मुगु पुस ८ गते
स्वास्थ्यकर्मी माथि जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मुगुको सोरु गाउँपालिका ९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्सा कुमारी विकले आफू माथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी गराउनु भयो ।

विकले सोरु गाउँपालिका वडा नम्बर ९ की ५४ वर्षीय झ्यापु शाही, सुरजकुमार शाही र सोही पालिकाको वडा नम्बर ६ का धनप्रसाद भट्ट विरूद्ध किटानी जाहेरी दिएकी थिइन् ।

सोहीअनुसार धनप्रसाद भट्ट र झ्यापु शाहीलाई शनिवार पक्राउ गरी हो ।

अर्को यौन हिंसा दुर्ववहार सम्वन्धिको मुद्दा भने जिल्ला अदालत मुगुमा दर्ताको लागि प्रकृयामा रहेको विकले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here