प्रकाश बिक- बर्दिया जिल्लाको राजापुर नगरपालिका-२ सोहरिया गाउँ नजिकै बन्दै गरेको एक सय पचास मीटर को पुल बनाउँदै गरेको सात वर्ष हुँदा पनि बन्न सकिरहेको थिएन ।

साे पुल विभिन्न कारणले गर्दा निर्माण कार्य ठप्प भएको थियो। शुक्रबार नयाँगाउँ वडा कार्यालयका वडा प्रमुख रामचन्द्र चौधरी र वडा सदस्य सहित को निरीक्षक टोली उक्त निर्माण कार्य रोकिएको ठाउँमा अवलोकन गरि छिटो पुल को निर्माण कार्य सिध्याउन पुल ठेकेदार लाई आह्वान गर्नुभयो ।

पुल ठेकेदार राजेश चन्दले बन्दै गरेको पुलको काम एक महिना भित्रै निप्टाउने “नागरिक पत्रिका ” मार्फत बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here