कोहलपुर – ईलाका प्रहरी कार्यालय कोहलपुरको परिसरमा नवनिर्मित नागरिक सहायता कक्ष र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगर विकास समितिको आर्थिक सहयोगमा निर्माण भएको ४ कोठे नवनिर्मित नागरिक सहायता कक्ष र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको भव्य कार्यक्रमका बिच उद्घाटन गरिएको हो । इलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र निर्मित नागरिक सहायता कक्ष र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको भवन समुदघाटन समारोहमा बोल्दै कार्यकमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले सुशासन र पारदर्शिता जरुरी रहेको बताउँदैं सुन्दर तिवारी अहिलेसम्मका इलाका प्रहरी प्रमुख मध्ये सर्वोत्कृठ रहेको पाइएको बताए । कर्मचारीलाई दैनिक प्रसाशनिक काम गर्नको लागी राजनैतिक दलले हस्तक्षेप गर्न नहुने बताए । उनले हरेक काम जनताको हितमा हुने हुदा हामी जनता प्रति सधै बफदार रहनु पर्ने बताए । कार्यकममा बोल्दै विशिष्ट अतिथी लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डि आइजि) कुबेर कठायतले आफ्नो कार्यकालमा लुम्बिनी प्रदेशमा उत्कृष्ट सेवा प्रवाह गर्ने बताए ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले राजनीतिक दल बिना कुनै काम सम्भब नरहेको बताउदै कर्मचारीलाई तेरो मेरो नभनी नीति नियम अनुसार चल्न प्रेरित गर्नु पर्ने बताए । बाँके प्रहरी प्रमुख सुवास बोहोराले इलाका प्रहरी कार्यालय कोहलपुरमा भएको नबिनतम प्रयासलाई निरन्तरता दिने बिश्वास ब्यक्त गर्दै अरु कार्यालय प्रमुखले पनि अबका दिनमा सिको गर्ने बातावरण तयार भएको बताए थिए । उनले भवन निर्माण कार्यमा सहयोग पु¥याउने सबै सरोकारवाला निकायहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । बोहोराले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त भएको चर्चा गरेका थिए ।
डिएसपी सुन्दर तिवारीले इलाका प्रहरी कार्यालय कोहलपुर कार्यालय सन्देश मुलक गराउने प्रयास गरेको र सेवाग्रहीलाई घटनाको प्रकृति हेरेर दूरत गतिमा कामको थालनी गरेको बताएका थिए । इलाक प्रहरी कार्यालय भित्र तस्वीरका मध्यमबाट यस क्षेत्रमा रहेका पर्यटकीय स्थल, ट्राफिक व्यवस्थापन सम्बन्धी जनाकारी लगायतका बिषय बस्तुहरु देख्न सकिने जानकारी दिए । कार्यक्रममा उत्कृष्ठ कार्य सम्पादन गर्ने प्रहरीलाई सम्मान समेत गरिएको थियो । भवन निर्माणमा प्रत्यक्ष एवं अप्रत्यक्ष योगदान पु¥याउने व्यक्तिहरूप्रति आभार प्रकट गर्दैं डिएसपी तिवारीले भवन प्राप्तीसँगै प्रहरीको कार्य सम्पादनमा पनि स्तर वृद्धि हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा विभिन्न राजनैतिक दलका पार्टी प्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी तथा संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।





