मुगुमा लागूऔसधसहित एक जना पक्राउ

सर्जन कुमार शाही

मुगु। मुगुमा लागूऔषध खैरो हिरोइनसहित एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १ ठिनी वस्ने १८ वर्षीय कमल मल्ल खैरो हिरोइनसहित पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार आफ्नो साथमा लिई कारोबार गर्नको लागी वडा नम्बर २ गमगढी बजारस्थितमा हिँडीरहेको गोप्य सूचनाको आधारमा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा मल्ललाई गमगढी बजारको न्यूरोडमा फेलापारी पक्राउ गरेको हो।

उनलाई मोजाभित्र कागजसहित ३०० मिलिग्राम (शुद्द तौल ६० मिलिग्राम) लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ।

उनका अनुसार प्रतिवादीको घरमा गई खोज तलास गर्दा मल्लको कोठामा कागज सहित ३३० मिलिग्राम (शुद्द तौल ११० मिलिग्राम) लागूऔषध खैरो हेरोइन, नगद सोह्र हजार बरामद गरिएको छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button