बर्दियाको मधुवनमा टिफ्फरले ठक्कर दिँदा युवककाे मृत्यु, चालक फरार

हरि बिक/बर्दिया मधुवन नगरपालिका वडा नं. ५ मा ट्रिपरको ठक्करमा स्थानिय ४९ वर्षका धर्म बहादुर थापाको घट्नास्थलमै मृत्यु भएको छ ।

फाल्गुण २३ गते साँझ ७ बजेर २० मिनेटमा नेपालगंज राजापुर हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ आइरहेको भे १ प १४८१ नम्वरको ट्रिपरले जेव्रा क्रसिङ्गमा ठक्कर दिएको थियो । मृतकका दाजु सुर्य बहादुर थापाको अनुसार पहिलो ठक्करबाट घाइते भएका धर्म बहादुरलाई फेरि गाडी व्याक गरेर किचिएको उनकाे दाबी छ ।

ठक्कर दिएपछि चालक गाडी सहित फरार भएका थिए र उनलाई बारबर्दिया नगरपालिकाको जयनगर बजारबाट पक्राऊ गरिएको थियो । स्थानियहरुले उचित कारवाही र क्षतिपुर्तीको माग राखि सडक बन्द गरेका छन् ।

माग पूरा गर्नका लागि आवश्यक वार्ता भइरहेको कुरा मधुवन ५ का वडाध्यक्ष दिलिप गुरुङ्गले नागरिक पत्रीकालाई जानकारी गराएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button