टुडिखेलमा सेना दिवसको राैनक

नेपाली सेनाले आज सेना दिवस मनाएको छ । दिवसको अवसरमा काठमाडौंस्थित सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरिएको छ ।

सैनिक मञ्च टुँडिखेलमा शुक्रवार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको हो ।

नेपाली सेनाले शुक्रवार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाएको हो । सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

महाशिवरात्रिका दिन आज आयोजित समारोहमा उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । राष्ट्रपतिले सैनिक स्मारकमा पुष्पहार अर्पण गरे ।हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो ।

सेनाले महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै विभिन्न संस्कृति झल्कने नृत्य एवं झाँकीसमेत देखाएको थियाे।

जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button