कैलाली लम्की १६// नेपाल राष्ट्रिय ईसाई समाज र लम्कीचुहा ईसाई समाज साथै नेपाल रेडक्रसको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ। उक्त कार्यक्रम का संयोजक गगन बि.क र ईसाई समाजका वर्तमान अध्यक्ष दण्डिराम चौधरीले कार्यक्रम सम्पन्न गर्न काे लागि अहम भुमिका रहेको आयाेजकले जनाए ।
साे रक्तदान कार्यक्रम लम्की बजार शुक्रबार बिहान ९ बजे देखि ४ बजे सम्म सन्चालन गरिएको थियो । नगरपालिका भित्रका तीस भन्दा बढी स्थानीय चर्चहरुको सहभागिता थियो । रक्तदान जीवन दान भन्ने मूल नाराका साथ सञ्चालन गरिएको साे रक्तदान शिविर मा रक्तदानकाे लागि स्थानीय ख्रिष्टियन युवाहरुकाे बाक्लो उपस्थिति थियो ।
लम्की ईसाई समाजका अध्यक्ष पास्टर चन्द्र बा. थापा लगाएत जन्मजय भट्टराई, गोविन्द रावतकाे पनि उपस्थिति रहेको थियो।
पहिले भन्दा बढी जन समुदाय जिम्मेवारी बनि रगत संकलन मा भएको आयाेजककाे भनाइ छ । बाइबल धर्म शास्त्र अनुसार आजकै दिन मानवजातीकाे उद्धारकाे लागि येशुले क्रुसमा रगत बगाएको कारण हामीले पनि रक्तदान गरि मानीसकाे जीवन बचाउनु पर्छ भन्दै साे रक्तदानमा सहभागीहरुले व्यक्त गरे ।





