सर्जन कुमार शाही
मुगु असार ७ गते,
मुगु स्थित छायानाथ रारा नगरपालिकाको १५ औ नगरसभामा जिल्लाका पत्रकारहरुलाई माथीको आदेश भन्दै प्रहरीले नगर सभा भित्र प्रवेसमा रोक लगाएको हो ।
पत्रकार महासंघलाई सम्बोधन गरि जिल्ला स्थित सञ्चारकर्मिलाई नगर सभाको उद्दघाटन सत्रमा निमन्त्रणा गरिएको भएपनि हल प्रबेश गर्न लाग्दा प्रहरीले माथीको आदेस भन्दै कार्यक्रम हुने होटल मुनलाइटको हलमा प्रवेशमा रोक लगाएको हो ।

पत्रकारहरु सभाहलमा जाँदै गर्दा पहिलो प्रवेश गेटमा रहेका सुरक्षाकर्मिहरुले प्रवेश पास खोजेका थिए । प्रवेश पास आफुलाई कसैले नदिएको र नगरपालिकाको निमन्त्रणा पत्र देखाएपछी प्रवेश पाएका पत्रकारहरुलाई दोर्सो प्रवेश गेटमा फेरि प्रहरीले अवरोध गर्दै प्रवेश गर्न माथिको अनुमती नभएको भन्दै रोकेको थियो । त्यहा वरपर रहेका नगरपालिकाका कर्मचारीहरु समेत मुखदर्सक भएर प्रहरीले पत्रकार माथी गरेको व्यवहारलाई चुपचाप हेरिरहेका थिए ।

पत्रकारहरुले निमन्त्रणा पत्र र आफ्नो कार्ड देखाएपनी प्रवेश नपाएपछी आत्मसम्मानमा चोट पुगेको महशुस गर्दै सभा स्थल बाट फर्किएको नेपाल पत्रकार महासङ्गका मुगु शाखा अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताउनु भयो ।

शुसासन,पार्दर्षिता,जवाफदेहिताको कुरा गरेर नथाक्ने छायानाथ रारा नगरपालिकाले राज्यको चौथो अंगको रुपमा रहेको सन्चारक्षेत्रमा कार्यरत पत्रकारहरुलाई नै सभा स्थलमा प्रवेश गर्न अवरोध गर्नुले सर्बसाधरणको सूचनाको हकलाई कुन्ठित गर्न खोजेको नेपाल पत्रकार महासघ मुगु शाखा द्दारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here